ढुक्क हुनुहोस् संविधान बन्छ : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० चैत २८ गते ३:३६ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २८ चैत – प्रधानमन्त्री सुशील कोईरालाले संबिधानसभाबाटै संविधान निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

सबै दलको मुख्य एजण्डा संविधान सभाबाटै संविधान निर्माण गर्ने भएकाले अवको एक वर्षभित्रमा मुलुकले संविधान पाउने उनको भनाई छ ।

नेपाली लेखक संघ कास्की र जननायक बीपी कोइराला स्मृती ट्रष्टले आयोजना गरेको बीपी जन्म शताब्दीका सन्दर्भमा आयोजित कवि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान सभाबाट संविधान निर्माण भएरै छाड्ने बताएका हुन् ।

मुलुकमा ६० वर्ष लामो इतिहांसमा पहिलोपटक जनताले आफ्नो हातबाट संविधान निर्माण गर्ने अवसर रहेकाले यो पटक संविधान निर्माणका लागी कोही कसैले रोक्न नसक्ने उनको दावी छ ।
कोइरालाले लामो समय सम्म मुलुकमा स्थायी शान्ति कायम हुन नसक्दा राष्ट्रको मेरुदण्डका रुपमा रहेका युवाहरु विदेश पलायन भएकोमा दुख ब्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us