मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २८ गते ३:०६ मा प्रकाशित

जाजरकोट, २८ चैत– छिन्चु जाजरकोट सडकअन्तर्गत छेडालिर्ता खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
भे ३ त ८९४६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक खलंगा–३ का २५ वर्षीय शिवनारायण कार्की र पछाडि सवार एक युवतीको मृत्यु भएका प्रहरीले जनाएको छ ।

मृतक युवतीको सनाखत भएको छैन । मोटरसाइकल सडकबाट भेरि नदीमा खसेको जाजरकोट प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us