काठमाण्डु, २७ चैत – नेपाल स्वरोजगार व्यापार श्रमिक संघले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय विहीबार घेराउ गरेको छ । सो संघले सडक व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राख्दै आएको छ । व्यवसायीले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक...
काठमाण्डु, २७ चैत – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरीको बढुवाका प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् । लामो समयदेखि रोकिँदै आएको बढुवा प्रक्रियालाई नियमावली छिटो संशोधन गरेर कार्यान्वयनमा तुरुन्त लैजान तयारीमा रहेको उनको भनाइ छ । लोकसेवा आयोगका तर्फबाट त्यसमा आवश्यक सहयोग नपाएको...
गोरखा, २७ चैत – आरुपोखरी–१ मा गएराति मोबाइल चार्ज गर्ने क्रममा १९ वर्षीय किशोरको मृत्यु भएको छ । आफ्नै घरमा मोबाइल चार्ज गर्नेक्रममा सुकबहादुर परियारको करेन्ट लागेर मृत्यु भएको हो । सुकबहादुरको शव शवपरीक्षणका लागि लगेको आरुघाटका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए । ...
गोरखा, २७ चैत– जिल्ला हुलाक कार्यालय गोरखा चार महिनादेखि फोन सेवाविहीन भएको छ । जिल्लाभित्र र बाहिर चिट्ठीपत्र आदान गर्ने र अरूलाई सञ्चार सेवा प्रदान गर्ने कार्यालयमा फोनसेवा नहुनुको कारण महसुलसँग जोडिएको छ । कार्यालयको फोनको बिल १४ हजार तिर्न बाँकी रहेका कारण टेलिकम...
काठमाण्डु, २७ चैत –सरकारले सन् २०१८ सम्म नेपालबाट पोलियो उन्मूलन गर्ने गरी रणनीति तयार गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल सहित दक्षिण पूर्वी एशियाका ११ देशलाई पोलियो शून्य प्रमाणिकरण गरेपनि जोखिम कायमै रहेकाले उन्मूलन गर्ने गरी रणनीति तयार गरिएको हो । रणनीति अन्तर्गत...
काठमाण्डु, २७ चैत –नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आज एमाले मुख्यालय बल्खुमा धर्ना दिदैछ । बिहान ११ बजेदेखि १ बजेसम्म संघले धर्ना दिन लागेको हो । सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै उनीहरुले आज एमाले मुख्यालय धेरा उगर्न लागेका...
काठमाण्डु, २७ चैत –प्रधानन्यायाधीश नियुक्तीबारे छलफल गर्न ससदीय सुनुवाई समितिको बैठक आज बस्दैछ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्ध परेका उजुरीको विषयमा बैठकमा छलफल हुने समितिका सदस्यहरुले बताएका छन् । शर्माविरुद्ध अदालतमा आफ्ना मान्छे नियुक्त गरेको र आश्रमको नाममा रकम...
काठमाण्डु, २७ चैत –इलेक्ट्रोनिक्स सामान व्यापारको आवरणमा सुनचाँदीको तस्करीमा संलग्न जनकपुरका बलराम गुप्तालाई प्रहरीले पक्रेको छ । प्रहरीले उनको पसलमा छापा मारी सात करोड भन्दा बढी मूल्यबराबरको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले जनकचोक तथा...
मोरङ, २६ चैत – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पिआर र ग्रीनकार्ड लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् । बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले निजामती सेवामा रहेर...
काठमाण्डु, २६ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रथम केन्द्रीय महाधिवेशन आउँदो जेठ १० देखि १३ गतेसम्म काठमाण्डुमा हुने भएको छ । महाधिवेशनको उद्घाटन खुलामञ्च तथा बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले महाधिवेशनमा ७५ जिल्लाका...
काठमाण्डु, २६ चैत – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्ध परेका उजुरीको विषयमा बुधबार पनि संसदीय सुनुवाई समितिमा छलफल हुन सकेन । समितिको बैठक बुधबारका लागि बोलाइएको भएपनि सुनुवाईको कार्यविधिमा नै टुङ्गो नलागेका कारण सुनुवाई हुन नसकेको हो । संसद् सचिवालयका...
काठमाण्डु, २६ चैत –एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलन नेतृत्व चयन प्रक्रियामा देखिएको विवादका कारण लम्बिएको छ । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा जारी बन्दशत्रमा प्रतिनिधिबीच नेतृत्व चयन प्रक्रियाबारे विवाद भएपछि बन्दशत्र बिहीबारसम्मका लागि स्थगित भएको छ । नेताद्वय बाबुराम...