
काठमाण्डु, २७ चैत –नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आज एमाले मुख्यालय बल्खुमा धर्ना दिदैछ ।
बिहान ११ बजेदेखि १ बजेसम्म संघले धर्ना दिन लागेको हो ।
सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै उनीहरुले आज एमाले मुख्यालय धेरा उगर्न लागेका हुन् ।
साथै उनीहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र पनि बुझाउने भएका छन् ।
यस अघि हिजो उनीहरुले एकीकृत नेकपा माओवादीको पार्टी कार्यलय घेराउ गरेका थिए ।
स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने, स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गर्नुपर्ने, व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।
सरकारले गत फागुन १४ देखि सडकमा व्यवसाय गर्दा पैदल यात्रुहरुलाई हिँडडुल गर्न समस्या आएको भन्दै सो व्यवसाय सञ्चालनमा रोक लगाएको छ ।