समाचार

अखिल क्रान्तिकारीको अध्यक्ष पुनः हिमाल शर्मा

२०७० चैत २६ गते १२:०१

काठमाण्डु, २६ चैत – एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा हिमाल शर्माले निरन्तरता पाउने भएका छन् । सहमति जुट्न नसकेपछि एक वर्षपछि विशेष सम्मेलन गरेर नयाँ नेतृत्व चुन्नेगरी शर्मालाई नै निरन्तरता दिने निर्णय एमाओवादी हेर्डक्वार्टरले गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल...

सत्य निरुपणसम्बन्धी विधेयक सदनमा पेश

२०७० चैत २६ गते १२:००

काठमाण्डु, २६ चैत – बहुप्रतिक्षित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा कानुन न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले उक्त विधेयक सदनमा दर्ता भएको जानकारी दिए । एनेकपा माओवादीले उक्त विधेयक संसदमा...

सत्यनिरुपण तथा मेलमिलाप आयोग विवाद समाधान हुन्छ : मन्त्री रिजाल

२०७० चैत २६ गते १०:१२

विराटनगर, २६ चैत – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने विषयमा देखिएको विमतिलाई राजनीतिक दलहरुको सहमतिमा समाधान गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री रिजालले लामो प्रतिक्षामा रहेको सो आयोग गठनको...

शान्तिका लागि गान्धीवादी चिन्तन आवश्यक : देउवा

२०७० चैत २६ गते १०:१०

काठमाण्डु, २६ चैत – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र विकासका लागि गान्धीवादी चिन्तन आवश्यक भएका बताएका छन् । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा गत चैत २२ गतेदेखि काठमाण्डुमा सञ्चालन गरिएको गान्धी कथा वाचन कार्यक्रमको समापन समारोहमा देउवाले तत्कालीन अवस्थामा अत्यन्त शक्तिशाली...

एमाओवादीको फुटपाथ व्यवसायीको कार्यालयमा धर्ना

२०७० चैत २६ गते १०:०६

काठमाण्डु, २६ चैत – नेपाल स्वरोजगार व्यापार श्रमिक संघले कोटेश्वरस्थित एनेकपा माओवादीको कार्यालयमा बुधबार धर्ना दिएको छ । सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै कार्यालय तथा सो आसपास क्षेत्रमा धर्ना गरेका हुन् । स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा...

राष्ट्रपति डा यादवद्वारा कुम्भस्तम्भ उद्घाटन

२०७० चैत २६ गते ९:५२

इटहरी, २६ चैत – राष्ट्रपति डा रामवरण यादवले मुलुकलाई एक शुत्रमा बाँध्न र धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्नका लागि धार्मिक महोत्सव महाकुम्भले महत्वपूर्ण सन्देश दिएको बताएका छन् । बुधबार बिहान सुनसरी जिल्लाको बराहक्षेत्रको चतरा कौशिकी तट क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतराधाममा स्थापना...

योजना आयोगले दीर्घकालीन योजना बनाउनै सकेन : मन्त्री पाण्डे

२०७० चैत २६ गते ९:३१

भक्तपुर, २६ चैत – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगले दीर्घकालीन योजना बनाउन नसकेका कारण देश विकास पछाडि परेको बताएका छन् । भक्तपुरको बालकोट गाविसस्थित मेरिगोल्ड इङ्लिस स्कुलको १५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा सरकार फेरिँदा, प्रधानमन्त्री फेरिँदा योजना आयोग पनि फेरिन्छ, अनि...

चुरेभावर पार्टीका महासचिवमाथि २० लाख ठगीको आरोप

२०७० चैत २६ गते ८:४५

काठमाण्डु, चैत्र २६ – आफूलाई राष्ट्रिय चुरेभावर पार्टीका महासचिव बताउने हेमबहादुर श्रेष्ठ (श्यामले) आफूबाट २० लाख ठगी गरेको आरोप एक महिलाले लगाएकी छिन् । ललितपुर उप–महानगरपालिका वडा नं. १७ सातदोबाटो निवासी बबिता श्रेष्ठले पाटन औधोगिक क्षेत्रको जग्गा उपलब्ध गराइदिने भन्दै श्रेष्ठले २० लाख ठगी...

डिभी, पिआर र ग्रीन कार्ड लिने कर्मचारीको नाम सार्वजनिक हुन्छः मन्त्री पण्डित

२०७० चैत २६ गते ७:५८

मोरङ, २६ चैत – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पिआर र ग्रीन कार्ड लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् । बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले निजामती सेवामा...

विश्वविद्यालय बेरुजुको गम्भीर चपेटामा : उपकुलपति

२०७० चैत २६ गते ७:२६

इटहरी, २६ चैत – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनले बेरुजुको चपेटा, खस्कदो गुणस्तर र अनुशासनहिनताबाट जर्जर त्रिविलाई सबैले मिलेर सुधार्नुको विकल्प नरहेको बताएका छन् । उपकुलपति प्राडा महर्जनले त्रिवि आङ्गिक क्याम्पस प्रमुख, लेखा प्रमुख तथा प्रशासन प्रमुखको धरानमा भएको दुई दिने पूर्वाञ्चल क्षेत्रीय...

पोखरामा क्षेत्रीय विमानस्थल निर्माण पक्का

२०७० चैत २६ गते ४:५७

काठमाण्डु, २६ चैत –पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने पक्का भएको छ । सरकार र चिनिया ठेकेदार कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीबीच निर्माण सम्झौता भएपछि विमानस्थल बन्ने पक्का भएको हो । इपीसी मोडेलमा निर्माण सुरु भएको ४ वर्षभित्र विमानस्थलको सम्पूर्ण काम सक्ने गरी सहमति भएको...

तोकिएकै समयमा संविधान जारी हुने प्रधानमन्त्रीको दावी

२०७० चैत २६ गते ४:४२

काठमाण्डु, २६ चैत – आज चैत २६, जनआन्दोलन दिवस । दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । २०४६ साल सम्म निरङ्कुश शासक रहेका पञ्चायती राजाहरुसँग अधिकार लिन सफल भएको सम्झनामा दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरि जनआन्दोलन दिबस मनाउँदैछन् । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us