एमाओवादीको फुटपाथ व्यवसायीको कार्यालयमा धर्ना

काठमाण्डु टुडे २०७० चैत २६ गते १०:०६ मा प्रकाशित

Perisdadaकाठमाण्डु, २६ चैत – नेपाल स्वरोजगार व्यापार श्रमिक संघले कोटेश्वरस्थित एनेकपा माओवादीको कार्यालयमा बुधबार धर्ना दिएको छ ।

सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै कार्यालय तथा सो आसपास क्षेत्रमा धर्ना गरेका हुन् ।

स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने, स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गर्नुपर्ने, व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्नेलगायतका माग उनीहरूले गरेका छन् ।

सरकारले गत फागुन १४ देखि सडकमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न समस्या आएको भन्दै सो व्यवसाय सञ्चालनमा रोक लगाएको थियो । त्यसपछि उनीहरु पहिलो चरणका विभिन्न आन्दोलनका कार्यक्रम गर्दै शान्ति पूर्ण विरोधका कार्यक्रम गर्दै आएका छन् ।

राष्ट्रिय स्वरोजगार व्यापार संघ, संयुक्त व्यापार व्यवसायी सङ्गठन नेपाल आबद्ध श्रमिक सङ्घ संस्थाले पनि सो आन्दोलनमा सहभागिता जनाएका छन् । स्वरोजगार व्यापार श्रमिक संघका महासचिव माया गुरुङले सरकारले सो व्यवसायमा हजारौं व्यावसायिक श्रमिक रहेको र उनीहरुलाई विकल्प दिएर मात्र व्यवसायमा प्रतिबन्ध लगाउनुपर्नेमा दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us