समाचार

बाइसवटा विमान किन्ने पर्यटनमन्त्रीको योजना

२०७० चैत २५ गते १०:१७

नुवाकोट, २५ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपालले पाँच वर्षभित्र २२ विमान किन्ने योजना बनाएको बताएका छन् । बेत्रावतीलाई गुरु योजनाअनुसार निर्माण गर्नका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत नवाह महायज्ञमा सहभागी हुन आएका मन्त्री आचार्यले विदुरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा...

राजधानी बाहिरका होर्डिङ बोर्ड हटाइने

२०७० चैत २५ गते ९:०१

काठमाण्डु, २५ चैत – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानी बाहिरका जिल्लामा समेत होर्डिङ बोर्ड हटाउने भएको छ । सहरी सौन्दर्य कायम राख्न र दुर्घटना कम गर्नका लागि अभियानात्मक रुपमा सो काम गर्न लागिएको मन्त्रालयका सहप्रवक्ता नारायणप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार...

चट्याङ्बाट दुईको मृत्यु

२०७० चैत २५ गते ८:५८

बनेपा, २५ चैत – काभे्रको महाभारत डाँडापारि गाविस फलामेटार– ७ मा गए राति चट्याङ पर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार १८ वर्षीय जयबहादुर भोलन र १६ वर्षीया लङ्खुमाया तामाङको मृत्यु भएको हो । घटनाका बारेमा अझै विस्तृत...

महेश बस्नेत भन्छन्, ‘खरेल हिरो बन्न खोजे’

२०७० चैत २५ गते ८:३४

काठमाण्डु, २५ चैत – एमाले भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले काठमाण्डुका प्रहरी प्रमुख रमेश खरेलले बर्दी लगाएर राजनीति गरेको आरोप लगाएका छन् । धुलिखेलमा सम्पन्न संगठनको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन्...

राजनीति समिति आवश्यक छैन : काँग्रेस–एमाले

२०७० चैत २५ गते ८:१८

काठमाण्डु, २५ चैत – सत्तारुढ काँग्रेस–एमालेका नेताहरुले संविधानसभाको अधिकारलाई कुण्ठित पार्ने भन्दै उच्चस्तरीय राजनीतिक समिति गठन गर्न आवश्यक नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सत्यनिरुपण तथा मेलमिलाप आयोग...

पश्चिममा रोजगारमूलक कार्यक्रमका लागि सहयोग गर्न प्रमको आग्रह

२०७० चैत २५ गते ७:५९

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि जापानी राजदूत मसासी अगवा एवम् जापान अन्तर्राष्ट्रिय श्रम कोषका अध्यक्ष हिरोयुकी नागुमो नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको पश्चिम क्षेत्र निकै पिछडिएका कारण सो क्षेत्रमा सीप तथा रोजगारमूलक...

मानवीय कानुनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२०७० चैत २५ गते ७:१३

काठमाण्डु, २५ चैत – अन्तर्राष्ट्रिय मानवीय कानुन प्रवद्र्धन तथा कार्यान्वयन गर्न सम्बन्धित देशका सरकारले गरिरहेका कदमका बारेमा जानकारी आदानप्रदान गर्न मानवीय कानुनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) द्वारा आयोजित सो पाँचौं सम्मेलन तीनदिनसम्म जारी रहनेछ । सम्मेलनमा...

मेरोभन्दा डाक्टरको समाचार बनाउनुस् : मन्त्री अधिकारी

२०७० चैत २५ गते ७:०८

गोरखा, २५ चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आफ्नोभन्दा सेवा दिने डाक्टरहरुको समाचार बनाउन आग्रह गरेका छन् । गोरखा अस्पतालमा मंगलबार आयोजित ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार र डाक्टर एकअर्काका परिपूरक हुन्, नेताको भन्दा सेवा दिने डाक्टरको बारेमा लेखिनुपर्दछ...

स्थानीय निर्वाचनको मिति चाँडै टुंगो लाग्छ :उपप्रधामन्त्री सिंह

२०७० चैत २५ गते ५:१९

विराटनगर, २५ चैत –उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनको मिति चाँडै टुंगो लाग्ने बताएका छन् । स्थानीय निर्वाचन नयाँ संबिधान जारी गर्नु पूर्व नै गर्नुपर्ने भएकाले यसको मितिको टुंगो लगाउन सरकार लागिपरेको उनले बताए । नेपाल प्रेस युनियन मोरङको अधिवेशनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थानीय निर्वाचनका...

मन्त्री चयनपछि राप्रपामा विवाद चुलियो

२०७० चैत २५ गते ४:३२

काठमाण्डु, २५ चैत – प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागितासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चुलिँदै गएको छ । अध्यक्ष सुर्यबहादुर थापाले पार्टीमा छलफल नै नगरी छोरा सुनील बहादुर थापालाई मन्त्री बनाएको भन्दै पाार्टीमा असन्तुष्टी बढेको हो । सोमबार प्रधानमन्त्री कोइरालाले सुनील थापालाई वाणिज्य तथा...

सत्य निरुपण तथा मेलमिलाप आयोगको बिधेयकले अन्तिम रुप पाउने

२०७० चैत २५ गते ४:२७

काठमाण्डु, २५ चैत – सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकमा समावेश गर्ने विषयहरुका बारेमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ । विधेयकमा कुन कुन विषय समेट्ने र कस्ता प्रावधान राख्ने भन्ने विषयमा छलफल हुन लागेको हो । द्वन्द्वकालका गम्भीर मानवअधिकार...

गोरखामा विद्युत् लाइन अवरुद्ध

२०७० चैत २५ गते ४:२४

गोरखा, २५ चैत– गोरखामा सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् लाइन अवरुद्ध भएको छ । विद्युत्का अधिकांश पोल कच्ची रहेका कारण ठाउँठाउँमा पोल ढल्न जाँदा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गोरखाका प्रमुख ज्ञानेन्द्र आचार्यले जानकारी दिए । विद्युत् नआउँदा यहाँबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us