स्थानीय निर्वाचनको मिति चाँडै टुंगो लाग्छ :उपप्रधामन्त्री सिंह

काठमाण्डु टुडे २०७० चैत २५ गते ५:१९ मा प्रकाशित

prakash man singविराटनगर, २५ चैत –उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनको मिति चाँडै टुंगो लाग्ने बताएका छन् ।

स्थानीय निर्वाचन नयाँ संबिधान जारी गर्नु पूर्व नै गर्नुपर्ने भएकाले यसको मितिको टुंगो लगाउन सरकार लागिपरेको उनले बताए ।

नेपाल प्रेस युनियन मोरङको अधिवेशनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थानीय निर्वाचनका लागि सरकारले दलहरुसँग पनि छलफल गरि तिथिमिति सार्वजनिक गर्ने बताए ।

सत्य निरुपण आयोग गठन, अन्तरिम संविधान र वृहत शान्ति सम्झौता अनुसार हुने उनको दावी छ ।

द्वन्द्व पीडितलाई राहत दिन सरकारले गृहकार्य गरिरहेको छ सिंहको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us