महेश बस्नेत भन्छन्, ‘खरेल हिरो बन्न खोजे’

काठमाण्डु टुडे २०७० चैत २५ गते ८:३४ मा प्रकाशित

mahesh-basnetकाठमाण्डु, २५ चैत – एमाले भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले काठमाण्डुका प्रहरी प्रमुख रमेश खरेलले बर्दी लगाएर राजनीति गरेको आरोप लगाएका छन् ।

धुलिखेलमा सम्पन्न संगठनको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।

एमाओवादी नेता बालकृष्ण ढुंगेललाई पक्रन चुनौति दिँदै बस्नेतले भूपू नभएर अहिलेका गुण्डालाई पक्रन आग्रह गरे । ‘प्रहरी अधिकृतले मलाई फलानो–फलानो मनपर्छ भनेर अन्तर्वार्ता दिन मिल्छ ?’ बस्नेतले भने, ‘खरेल प्रहरीको बर्दी लगाएर राजनीति गर्न खोज्दै छन् ।

आफू हिरो बन्नलाई खरेलले अरुलाई दुःख दिएको उनको आरोप छ । यसअघि सोही बैठकमा सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका गृहमन्त्री वामदेव गौतमले खरेलको आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us