मन्त्री चयनपछि राप्रपामा विवाद चुलियो

काठमाण्डु टुडे २०७० चैत २५ गते ४:३२ मा प्रकाशित

Raprapaकाठमाण्डु, २५ चैत – प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागितासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चुलिँदै गएको छ ।

अध्यक्ष सुर्यबहादुर थापाले पार्टीमा छलफल नै नगरी छोरा सुनील बहादुर थापालाई मन्त्री बनाएको भन्दै पाार्टीमा असन्तुष्टी बढेको हो ।

सोमबार प्रधानमन्त्री कोइरालाले सुनील थापालाई वाणिज्य तथा आपुर्ति र गिरिबहादुर केसीलाई राज्यमन्त्रीमा सपथ ग्रहण गराएका थिए ।
थापाको निर्णयमा वरिष्ठ नेता पशुपति शम्शेर जवरा, विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनी लगायतले विरोध गरेका छन् ।

पार्टीका १३ सभासदमध्ये ११ जना विपक्षमा देखिएका छन् ।

राजनीति पृष्ठभुमि नभएका व्यक्तिलाई एकवर्षमा सांसद्देखि मन्त्रीसम्म बनाएको भन्दै पार्टीमा असन्तुष्टि बढेको हो ।

नेता लोहनीले पार्टीमा केन्द्रीय समितिको बैठक समेत आब्हान नगरेर लथालिंग अवस्थामा पु¥याएको आरोप लगाएका छन् ।

लोहनीले केन्द्रीय समितिको बैठकले समेत अध्यक्षलाई कुनै म्याण्डेट नदिएको दावी गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us