समाचार

कालोपट्टी बाँधेका कर्मचारी देखेर प्रधानमन्त्री कोइरालाले सोधे, ‘त्यहाँ के हो ?’

२०७० चैत २४ गते ९:१५

काठमाण्डु, २४ चैत – प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका–संसद् सचिवालयका कर्मचारीले तेहोरो कामको जिम्मेवारी लिनुपरेको जनाउँदै भत्तालगायत सुविधा वृद्धि गर्नुपर्ने माग राखी गर्दै आएको आन्दोलन र धर्नाप्रति चासो राखेका छन् । संविधानसभा मातहत रहेको सवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिको पहिलो बैठकमा भाग लिन सिंहदरबारस्थित...

राजनीतिक समितिको बैठक बालुवाटारमा जारी

२०७० चैत २४ गते ८:४९

काठमाण्डु, २४ चैत– प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सर्वोच्च अदालतका न्यायाधीशको पदावधि, उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व र संविधानसभा तथा व्यवस्थापिका संसदका समितिको नेतृत्वमा सहमति खोजिने एकीकृत माओवादी नेता पोष्टबहादुर...

विधिसम्मत रुपमा विधेयक ल्याउनुपर्ने निष्कर्ष

२०७० चैत २४ गते ८:३४

काठमाण्डु, २४ चैत – नेपाली काँग्रेसले सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयक हालसम्म भएका सहमति र विधिसम्मत रुपमा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको काँग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । दुवै...

जग्गा ओगट्ने उद्यमीलाई सरकारले छुट नदिने

२०७० चैत २४ गते ८:२८

हेटौँडा, २४ चैत – उद्योगमन्त्री कर्णबहादुर थापाले मुलुकमा सञ्चालित लामो समयदेखि उद्योग सञ्चालन नगरी जग्गा मात्र ओगटिरहने उद्योगलाई सरकारले छुट दिन नसक्ने बताएका छन् । मन्त्री थापाले हेटौँडा औद्योगिक क्षेत्र तथा हेटौँडा उद्योग संघद्वारा सोमबार हेटौँडामा आयोजित उद्योगपतिको भेलालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रमा उद्योग...

महानगरपालिकामा जिफन्टको धर्ना

२०७० चैत २४ गते ८:२६

काठमाण्डु, २४ चैत – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघले स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने माग गर्दै काठमाण्डु महानगरपालिकामा धर्ना दिएको छ । उनीहरुले व्यवसायीलाई सुरक्षित र दीर्घकालीन वैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने भन्दै गत...

विद्यालय तोडफोडपछि कक्षा ८ को परीक्षा स्थगित

२०७० चैत २४ गते ८:२४

सिरहा, २४ चैत – विवादित ऐतिहासिक पोखरीमा माछा मार्ने विषयमा विवाद हुँदा लक्ष्मीपुर पतारी गाविसस्थित जनता माध्यमिक विद्यालयमा तोडफोड भएपछि सो विद्यालयले लिने कक्षा ८ को परीक्षा स्थगन भएको छ । पोखरी विवादमा परेकाले लक्ष्मीपुरका जनताले माछा मार्न नदिएपछि महेशपुरवासीले विद्यालयमा आक्रमण गरेर डेस्क,...

राजनीतिक संवाद समितिको निर्वाचन ३० गते

२०७० चैत २४ गते ८:१९

काठमाण्डु, २४ चैत – संविधानसभा अन्तर्गत गठित संवैधानिक तथा राजनीतिक संवाद एवम् सहमति समिति सभापतिको निर्वाचन यही चैत ३० गते हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिका लागि ३० गते निर्वाचन गर्ने निर्णय गरेको हो । बैठक वरिष्ठ सदस्य सुर्यबाहादुर थापाको...

प्रधानमन्त्री कोइरालाद्वारा मन्त्रिपरिषद् विस्तार

२०७० चैत २४ गते ८:०९

काठमाण्डु, २३ चैत – प्रधानमन्त्री सुशील कोइरालाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकारलाई समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेका तर्फबाट तीनजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिएको हो । राप्रपाका तर्फबाट सूर्यबहादुर थापाका छोरा सुनिल थापाले वाणिज्य तथा आपूर्ति र गिरीबहादुर केसीले...

प्रधानन्यायाधीशमा सिफारिस शर्माको सुनुवाई स्थगित

२०७० चैत २४ गते ८:००

काठमाण्डु, २४ चैत – प्रधानन्यायाधीशमा सिफारिस गरिएका दामोदर शर्माविरुद्ध संसदीय सुनुवाई समितिमा परेका उजुरी माथिको सुनुवायी २ दिनका लागि स्थगित भएको छ । सुनुवाई सोमबार बिहान ८ बजे र त्यसपछि दिउँसो ३ बजे हुने भनिए पनि अन्तिम समयमा आएर चैत २६ गते दिउँसो १...

नेकमिपाको महाधिवेशन आज सकिंदै

२०७० चैत २४ गते ४:४४

काठमाण्डु, २४ चैत– नेपाल मजदुर किसान पार्टीको भक्तपुरमा जारी महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिने भएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भए पनि अध्यक्षमा भने पुन: नारायणमान विजुक्छे सर्वसम्मत चयन हुने भएका छन् । नेता प्रेम सुवालले पदाधिकारी र केन्द्रीय सदस्यमा...

म्याद गुज्रिएका औषधि बजारमा छयाप्छयाप्ती

२०७० चैत २४ गते ४:२१

गोरखा, २४ चैत– केन्द्रीय औषधि विभागबाट आएको एक टोलीले गोरखा सदरमुकाममा रहेका औषधि पसलहरुमा अनुगमन गरेको छ । आइतबार गरिएको अनुगमनमा औषधि पसलमा म्याद सकिएका औषधि फेला परेका हुन् । केन्द्रीय औषधि विभागका औषधि व्यवस्थापक मानबहादुर क्षेत्री नेतृत्वको तीन सदस्यीय टोली तथा जिल्ला प्रशासन...

जनयुद्धकालीन मुद्दा नउल्ट्याउन जनस्वयमसेवकको चेतावनी

२०७० चैत २४ गते ४:०६

काठमाण्डु, २४ चैत–जनयुद्धकालीन मुद्दाहरु नउल्ट्याउन चेतावनी दिँदै राष्टिय युवा जनस्वयमसेवकले देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हल गर्ने भनेर सम्झौता भइसकेका जनयुद्धकालीन मुद्दाहरु सरकारले उल्ट्याउँदै गएपछि जनस्वयमसेवकले उक्त कार्य तत्काल रोक्न चेतावनी स्वरुप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us