
काठमाण्डु, २३ चैत – प्रधानमन्त्री सुशील कोइरालाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सरकारलाई समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेका तर्फबाट तीनजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
राप्रपाका तर्फबाट सूर्यबहादुर थापाका छोरा सुनिल थापाले वाणिज्य तथा आपूर्ति र गिरीबहादुर केसीले राज्य मन्त्री तथा माले महासचिव सिपी मैनालीकी पत्नी निलम केसीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको सपथ लिएका छन् ।
थापा र केसीले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
राज्यमन्त्रीमा गिरीबहादुर केसीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहण गराइएको छ ।