
काठमाण्डु, २४ चैत– नेपाल मजदुर किसान पार्टीको भक्तपुरमा जारी महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिने भएको छ ।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भए पनि अध्यक्षमा भने पुन: नारायणमान विजुक्छे सर्वसम्मत चयन हुने भएका छन् ।
नेता प्रेम सुवालले पदाधिकारी र केन्द्रीय सदस्यमा हेरफेर भए पनि अध्यक्षमा विजुक्छे नै सर्वसम्मत हुने जानकारी दिए ।