राजनीतिक संवाद समितिको निर्वाचन ३० गते

काठमाण्डु टुडे २०७० चैत २४ गते ८:१९ मा प्रकाशित

Biccकाठमाण्डु, २४ चैत – संविधानसभा अन्तर्गत गठित संवैधानिक तथा राजनीतिक संवाद एवम् सहमति समिति सभापतिको निर्वाचन यही चैत ३० गते हुने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिका लागि ३० गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठक वरिष्ठ सदस्य सुर्यबाहादुर थापाको अध्यक्षतामा बसेको थियो ।

७१ सदस्यीय समितिमा काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता छन् ।

समितिले सरकारसँग विस्तृत शान्ति सम्झौतायता विभिन्न समूहसँग भएका सहमति र सम्झौताको विवरण मागेको छ ।

समितिलाई संविधानसभाबाहिर रहेका शक्तिलाई समेत संविधान निर्माण प्रक्रियामामा सहभागी गराउन वार्ता र सहमति गर्ने अधिकार दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us