सुनसरी, २३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा संविधान बन्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् । सुनसरीको इटहरीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बन्न नदिन विरोधी शक्ति सक्रिय भएको बताए । विरोधीको अवरोधका बीच एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिएरै छाड्ने अठोट उनको थियो...
सिन्धुपाल्चोक, २३ चैत – सिन्धुपाल्चोकको थाङपालधापमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाण्डुबाट सिन्धुपाल्चोकको भोटाङ जाँदै गरेको जीप बा २ च ७३८९ नम्बरको जिप थाङपालधाप–१ लामिडाँडामा दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा चार महिला र एक पुरुष छन् । मृतकमध्ये भोताङ...
काठमाण्डु, २३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सरकारलाई समर्थन गरेका राप्रपा र नेकपा मालेका तर्फबाट तीन मन्त्री थपेर कोइरालाले आजै साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । राप्रपाले वाणिज्य तथा आपूर्ति मन्त्रीमा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा र...
काठमाण्डु, २३ चैत– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनअन्तर्गत बन्द शत्र जारी छ । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक तथा महासचिव बिन्दमान विष्टको विधान संशोधन प्रस्तावमा समूहगत छलफल भइरहेको छ ।...
काठमाण्डु, २३ चैत – एकीकृत नेकपा माओवादीले सरकारले आफ्नो सहमतिविपरीत एकतर्फी रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनको तयारी गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । माओवादी शीर्ष नेताहरुले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी एकतर्फी रुपमा आयोग गठनसम्बन्धी विधेयक मस्यौदा...
काठमाण्डु, २३ चैत– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले २०६२–६३ को जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने सकेमात्र राजनीतिक स्थायित्व कायम हुने बताएका छन् । काँग्रेस पार्टी कार्यालय दाङमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्व कायम गर्नका लागि सम्पुर्ण राजनीतिक दल जिम्मेवारपूर्वक लाग्नु पर्नेमा...
काठमाण्डु, २३ चैत – संविधानसभाको वैठक आज संविधानसभाको अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक आज बस्ने भएको छ । आजको बैठकमा पहिलो संविधानसभाले गरेका कामहरुको विषयमा छलफल हुने भएको छ । अघिल्लो सभाले गरेका कामहरुमा कति सहमति र कति विषयमा असहमति भन्ने निक्र्योल समितिले...
काठमाण्डु, २३ चैत –फर्सी, पाउरोटी तथा मेकअपका सामग्रीमा लुकाई विदेशी मुद्रा चीनमा लैजान लागेका १४ चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले करिब साढे ६ करोड रुपैयाँबराबरको विभिन्न १० मुलुकका मुद्रा बरामद गरेको छ । उनीहरुलाई शनिवार प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।...
म्याग्दी, २३ चैत –म्याग्दीको बिममा भीरमा लागेको डढेलोको आगो खसेर गुडिरहेको डोजरमा आगलागी भएको छ । शनिबार बिमको खाराबाट ताकम जानका लागि हिँडेको पश्चिमाञ्चल ग्रामीण कन्स्ट्रक्सन प्रालिको डोजरको डिजेल ट्याङ्कीमा आगो खसेपछि उक्त घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट डोजरको इन्जिन, ट्याङ्क र...
काठमाण्डु, २२ फागुन – उपप्रधान तथा गृहमन्त्र वामदेव गौतमले काडमाण्डुका प्रहरी प्रमुख रमेश खरेल सेलिब्रेटी बन्न खोजेको आरोप लगाएका छन् । शनिबार धुलिखेलमा युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले खरेललाई बढी प्रचारमुखी बन्न खोजेको आरोप लगाएका हुन् । पक्रिने...
काठमाण्डु, २२ चैत । संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सभासद्लाई शनिबार राजधानीमा एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुने सभासद्मा सिपी मैनाली, टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, दीपक बोहरा, तुलाराज विष्ट, टेकबहादुर बस्नेत, भरतबहादुर खड्का, बुद्धिराज भण्डारी,...
काठमाण्डु, २२ चैत – नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि सरकारले सक्रिएता देखाएको छ । देशकै प्रतिष्ठासँग जोडिएको विमानस्थलको भौतिक सेवा, सुविधा खस्कीएको जनगुनासो बढिरहेका बेला सरकारले त्यसलाई सुधार्ने प्रक्रिया अघि बढाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले मुलुकको...