क्रान्तिकारी सम्मेलनमा बन्द शत्र जारी

काठमाण्डु टुडे २०७० चैत २३ गते ६:१२ मा प्रकाशित

काठमाण्डु, २३ चैत– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनअन्तर्गत बन्द शत्र flag of akhil- krantikariजारी छ ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक तथा महासचिव बिन्दमान विष्टको विधान संशोधन प्रस्तावमा समूहगत छलफल भइरहेको छ ।

समूहगत छलफलका लागि देशभरबाट आएका प्रतिनिधिलाई १७ समूहमा बाँडिएको छ । बन्द शत्रमा आयोजक समितिका सदस्य १ सय ७१ बाहेक १ हजार १ सय ८५ प्रतिनिधि सहभागी रहेको सचिव नरेन्द्र न्यौपानेले जानकारी दिए ।

बन्द शत्र सकिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने न्यौपानेले बताए । पार्टी शीर्ष तहमा भएको सहमति प्रयास विफल भएपछि नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बढेको छ ।

अध्यक्षमा उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्ल तथा महासचिव बिन्दमान विष्टको दाबी छ । महासचिवमा नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङ आकांक्षी छन् ।

तीन जना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, मदन चुडाल, रमेश धामी, तिलक भण्डारी, राजु आले लगायत एक दर्जनभन्दा बढीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us