
काठमाण्डु, २३ चैत –फर्सी, पाउरोटी तथा मेकअपका सामग्रीमा लुकाई विदेशी मुद्रा चीनमा लैजान लागेका १४ चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उनीहरुबाट प्रहरीले करिब साढे ६ करोड रुपैयाँबराबरको विभिन्न १० मुलुकका मुद्रा बरामद गरेको छ । उनीहरुलाई शनिवार प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो
। प्रहरीले झण्डै तीन घण्टाको प्रयासमा उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरु बा. ११ .च ६१२को बलेरो, बा.७ च ३४१९को महेन्द्रा जिप र बा. ८. च ६४३४ को टाटा सुमो रिर्जभ गरी तातोपानी भन्सार नाका हुँदै चीनको ल्हासातर्फ जाने क्रममा थिए । प्रहरीले तीनवटै सवारी साधनका चालकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरी पसिर काठमाण्डुमा राखिएको छ । बरामदमध्ये सवैभन्दा धेरै अमेरिकी डलर र युरो छ ।
प्रहरीका अनुसार तीन लाख ५७ हजार एक सय २८ अमेरिकी डलर, एक लाख १६ हजार आठ सय ४० युरोलगायत छन् ।