सूर्यबहादुरका छोरा र सिपी मैनालीकी श्रीमती मन्त्री

काठमाण्डु टुडे २०७० चैत २३ गते ६:४८ मा प्रकाशित

काठमाण्डु, २३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
सरकारलाई समर्थन गरेका राप्रपा र नेकपा मालेका तर्फबाट तीन मन्त्री थपेर कोइरालाले आजै साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

राप्रपाले वाणिज्य तथा आपूर्ति मन्त्रीमा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा र राज्यमन्त्रीमा गिरीबहादुर केसी तथा मालेले महसचिव सिपी मैलानीकी श्रीमती निलम केसीको नाम सिफारिस गरेको छ ।

केसी मालेको पोलिट्ब्युरो सदस्य हुन् । मालेले वर्तमान सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय पाउने सहमति यसअघि नै भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us