चुनौती सामना तयार गर्न सरकार तयार–उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०७० चैत २३ गते ४:१९ मा प्रकाशित

Prakash-Man-Singhकाठमाण्डु, २३ चैत– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले २०६२–६३ को जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने सकेमात्र राजनीतिक स्थायित्व कायम हुने बताएका छन् ।

काँग्रेस पार्टी कार्यालय दाङमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्व कायम गर्नका लागि सम्पुर्ण राजनीतिक दल जिम्मेवारपूर्वक लाग्नु पर्नेमा जोड दिए ।

बर्तमान सरकारका धेरै चुनौतीहरु रहेको भन्दै चुनौतिको सामना गर्न सरकार दृढ रहेको मन्त्री सिंहको भनाई छ ।
बिभिन्न संबैधानिक निकायमा रिक्त पदहरुको नियुक्तीका लागि गृहकार्य भैरहेको भन्दै मन्त्रिपरिषद्ले नियुक्त गर्ने २६ जना सभाषद्को छिट्टै टुंगो लाग्ने सिंहले बताए ।
बर्तमान सरकार सुस्त गतिमा चलेको आरोप आईरहेको भन्दै संयुक्त सरकार भएकाले जनताले सोचेजस्तो गति लिन नसकेको स्वीकार गरे ।

काँग्रेस महामन्त्री समेत रहेका सिंहले स्थानिय निर्वाचनका लागि दुई माओवादीले अबरोध गर्न खोजेको भन्दै स्थानीय निर्वाचन जसरी पनि सम्पन्न गर्नु पर्ने आवश्यकता रहेकाले कार्यकर्ताहरुलाई त्यसका लागि एक जुट हुन र संगठनलाई मजबुत पार्न निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us