समाचार

बस सञ्चालनमा अवरोध पुर्याउँदा समस्या भएको गुनासो

२०७० चैत २२ गते ७:१३

सप्तरी, २२ चैत – प्रहरीको मिलेमतोमा केही बस सञ्चालकले बस सञ्चालनमा अवरोध गर्दै आएको सगरमाथा यातायात सङ्घ सप्तरीका पदाधिकारीहरुले आरोप लगाएका छन् । प्रहरीको मिलेमतोमा एउटा बसको समयमा अर्काे बस जबर्जस्ती सञ्चालन गर्न थालेपछि आफूहरुलाई यातायात सञ्चालन गर्न समस्या भएको उनीहरुको गुनास छ ।...

एक वडा एक जनस्वास्थ्यकर्मीको नीति कार्यान्वयनको माग

२०७० चैत २२ गते ७:०९

काठमाण्डु, २२ चैत – जनस्वास्थ्य अधिकृत तहको विज्ञापन शीध्र खुलाउन पहल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जनस्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । लोकसेवा आयोगले विगत पाँच वर्षदेखि सो पदमा कुनै विज्ञापन सार्वजनिक नगरेको भन्दै उनीहरुले यसले मन्त्रालय तथा आफ्नो पेसागत सुरक्षामा समस्या आएको गुनासो पोखे...

मजदुर किसान पार्टीको बन्दसत्र सुरु

२०७० चैत २२ गते ६:१५

काठमाण्डु, २२ चैत – मजदुर किसान महाधिवेशनमा बन्दसत्र सुरु नेपाल मजदुर किसान पार्टीको छैटौ महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र सुरु भएको छ । भक्तपुरको बोडेमा रहेको कृषि बिकास बैंकको तालिम केन्द्रमा बन्दसत्र सुरु भएको एक सदस्यले जानाकारी दिएका छन् । बन्दसत्रमा अध्यक्ष नारायणमान बिजुक्छेले सम्बोधन...

अखिल क्रान्तिकारीको बन्द सत्र सुरु

२०७० चैत २२ गते ३:०१

काठमाण्डु, २२ चैत – अखिल क्रान्तिकारी एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिबेशनमा बन्दशत्र सुरु भएको छ । त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा चल्ने बन्द सत्रमा अध्यक्ष, महासचिब र कोषाध्यक्षले प्रतिवेदन पेश गर्दैछन् । यसैगरी विधान संशोधनको प्रस्ताब पनि पेश...

आज पनि बागमती सफाई अभियान

२०७० चैत २२ गते २:५०

काठमाण्डु, २२ चैत –बागमती नदी सफाई अभियान अन्तर्गत आज धोवीखोला र जोरपाटी क्षेत्रमा सरसफाई हुँदैछ । साप्ताहिक रुपमा हरेक शनिबार हुँदै आएको सफाई अभियानमा जनसहभागितासँगै चेतना पनि बढेको छ । अभियानकर्ताहरुका अनुसार नदीमा फोहोर फाल्न हुँदैन भन्ने चेतना बढ्न थालेको छ । पहिलेजस्तो जथाभावी...

१४ देशमा नयाँ राजदूत चैतभित्र

२०७० चैत २२ गते १:४६

काठमाण्डु, २२ चैत – सरकारले एक दर्जनभन्दा बढि देशमा नयाँ राजदूत पठाउने गृहकार्य थालेको छ । चैतमसान्तभित्रै राजदूत नियुक्त गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ । भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, जेनेभा, क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिलसहित १४ देशस्थित नेपाली दूतावास राजदूतबिहिन...

प्रचण्ड भन्छन्, ‘अदालत देवताको अदालतजस्तो बन्न खोजे द्वन्द्व निम्तिन्छ’

२०७० चैत २१ गते १६:४९

काठमाण्डु, २१ चैत – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालत देवताको अदालतजस्तो बन्न खोजेको टिप्पणी गरेका छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय अधिवेशन उद्घाटनशत्रलाई शनिबार किर्तिपुरमा सम्बोधन गर्दै प्रचण्डले द्वन्द्वकालीन मुद्धाहरुको सम्बन्धमा सर्वाेच्च अदालतले गरेको फैसला गलत भएको बताए । सर्वाेच्चले संक्रमणकालीन कानुन...

सर्वपक्षीय सभाबाटै संविधान जारी गर्नुपर्छ : गजुरेल

२०७० चैत २१ गते १३:४३

म्याग्दी, २१ चैत – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सर्वपक्षीय राजनीतिक सभामार्फत विवादित अन्र्तवस्तु टुङ्गाएर संविधान जारी गर्नुपर्ने बताएका छन् । नेकपा–माओवादी म्याग्दीको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन म्याग्दी पुगेका गजुरेलले सदरमुकाम बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा एक वर्षभित्र संविधान बनाउने कार्यतालिका जनतालाई ढाँट्ने बहना...

पहाडीले अनसन तोडे

२०७० चैत २१ गते १३:३०

काठमाण्डु, २१ चैत – स्वास्थ्य समस्याका कारण मानवअधिकारकर्मी कृष्ण पहाडीले अनसन तोडेका छन् । स्वास्थ्य अवस्था कमजोर भएपछि वीर अस्पताल भर्ना भएका पहाडीले शुक्रबार दिउँसो आफैं अनसन तोडेका हुन् । रोम विधान अनुमोदनको माग राख्दै पहाडी यही चैत १७ गतेबाट रत्नपार्क शान्ति बाटिकामा आमरण...

संविधानसँगै विकासको मूल फुट्छ : प्रधानमन्त्री

२०७० चैत २१ गते १२:५९

ललितपुर, २१ चैत – प्रधानमन्त्री सुशील कोइरालाले देशमा नयाँ संविधान घोषणासँगै विकासको मूल फुट्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको सोह्रौं साधारणसभालाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै कोइरालाले एक वर्षभित्र देशले नयाँ संविधान पाउनेमा कुनै शंका नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री कोइरालाले लामो समयदेखि...

समितिमा रहने सदस्यको नामावली हेरफेर

२०७० चैत २१ गते १२:०६

काठमाण्डु, २१ चैत – संविधानसभाको शुक्रबारको बैठकले संविधानसभाअन्तर्गतका विभिन्न समितिमा रहने सभासद् सदस्यको नामावली हेरफेर र थपघट गरेको छ । सभाध्यक्ष सुवास नेम्बाङले नामावली हेरफेर र थपघटको सूची बाचन गरेपछि बैठकले त्यसलाई पारित गरेको हो । बैठकमा संविधान निर्माणको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम रहे...

हुलाकी सडक निर्माण कार्य सुस्तायो

२०७० चैत २१ गते १२:००

बाँके, २१ चैत – ठेकेदार कम्पनीको ढिला सुस्तीका कारण नेपालगन्ज–बघौडाअन्तर्गतको हुलाकी सडक निर्माण कार्य सुस्ताएको छ । भारत सरकारको अनुदान सहयोगमा बाँकेको नेपालगन्ज–बघौडासहित बर्दिया र दाङमा हुलाकी सडक निर्माणको काम थालिएको हो । सडक निर्माण कार्य यही महिनाभित्र सक्नुपर्ने भए पनि अहिलेसम्म १५ प्रतिशत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us