आज पनि बागमती सफाई अभियान

काठमाण्डु टुडे २०७० चैत २२ गते २:५० मा प्रकाशित

bagmati-safai1काठमाण्डु, २२ चैत –बागमती नदी सफाई अभियान अन्तर्गत आज धोवीखोला र जोरपाटी क्षेत्रमा सरसफाई हुँदैछ ।

साप्ताहिक रुपमा हरेक शनिबार हुँदै आएको सफाई अभियानमा जनसहभागितासँगै चेतना पनि बढेको छ । अभियानकर्ताहरुका अनुसार नदीमा फोहोर फाल्न हुँदैन भन्ने चेतना बढ्न थालेको छ ।

पहिलेजस्तो जथाभावी फोहोर फाल्नेको संख्या अहिले कम भएको सफाई अभियन्ता महेश बस्नेतले बताए ।

सरकारी तथा गैरसरकारी संघसंस्थाको सकृयतामा ४७ हप्तादेखि हरेक शनिबार बागमती नदीमा नियमित रुपमा सफाई कार्यक्रम गर्ने गरिएको छ ।

सफाई कार्यक्रममा सरकारका मुख्य सचिव, सचिव, राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, विद्यार्थी लगायत सहभागी हुँदै आएका छन् ।

साप्ताहिक अभियानका कारण तीनकुने भन्दा माथिका बागमती क्षेत्रमा प्रदूषणको मात्रा घटेको र पानी सङ्लिंदै गएको छ । गएको जेठदेखि बागमती सफाई अभियान सुरु भएको हो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us