काठमाण्डु, २० चैत – एकीकृत माओवादीले उच्च स्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेको छ । काँग्रेस-एमालेले नेतृत्व एमाओवादीलाई दिन नसकिने बताइरहेका बेला एमाअाेवादीले अाफ्नो दावी पुन: प्रस्तुत गरेको हो । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको...
काठमाण्डु, २० चैत – प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलहरुबीच संविधान निर्माण र सरकारको गतिशीलताका बारेमा घनिभूत छलफल भइरहेको बताएका छन् । नेपाल प्राध्यापक संघको प्रतिनिधिमण्डलसँग विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान जारी गराउन आफू दृढताका साथ...
काठमाण्डु, २० चैत – मलेसियाका गृहमन्त्री डा. अहमद जालिद हमिदी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी विहीबार अपराह्न मकाउतर्फ प्रस्थान गरे । नेपाल भ्रमणका क्रममा गृहमन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर...
काठमाण्डु, २० चैत – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले रेडियो नेपालको स्थापनासँगै सुरु भएको आधुनिक नेपालको निर्माण कार्य अझै सम्पन्न नभएको बताएका छन् । रेडियो नेपालको ६४औं वार्षिकोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले रेडियो नेपालको स्थापनासँगै सुरु भएको आधुनिक नेपाल निर्माण कार्य संघीय...
रोल्पा, २० चैत – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताएकी छन् । पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने उनले बताईन् । क्रान्तिकारी पत्रकार संघले विहीबार रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...
काठमाण्डु, २० चैत– नेपाल पत्रकार महासंघको विधान संशोधनका लागि एक प्रस्ताव प्रस्ताव दर्ता भएको छ । राजधानीमा बिहीबार भएको पत्रकार सम्वद्ध विभिन्न संघसंस्थाको निर्णयअनुसार विधान संशोधन प्रस्ताव दर्ता भएको हो । सभासदहरु एबीसी टेलिभिजन शाखाका डण्ड गुरुङ, काठमाण्डु शाखाकी यशोदा अधिकारी, रौतहट शाखाका कुमार विवेकानन्द...
गौशाला, २० चैत – बढ्दो गर्मी र दूषित हावाहुरीका कारण जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालमा अहिले दैनिक २०० भन्दा बढी बिरामीको चाप रहने गरेको छ । चैतको गर्मी र दूषित हावाहुरीसँगै जिल्लामा भाइरल फिवर, टाइफाइड, रुघाखोकी, नियोमोनिया, झाडापखाला, पेट दुख्ने, छाला चिलाउनेजस्ता रोगका बिरामीको सङ्ख्यामा...
काठमाण्डु, २० चैत – विगत लामो समयदेखि पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न माग सरोकारवालाहरुले माग गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय सुधार अभियानले विहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद्, विभिन्न राजनीतिकका दलका नेता तथा सभासद्ले विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार, अनियमितता र अनैतिक क्रियाकलाप...
काठमाण्डु, २० चैत – संविधानसभा सचिवालयले आगामी माघमा नयाँ संविधान जारी गर्ने गरी कार्यतालिका तयार पारेको छ । कात्तिक महिना भित्र संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने र आगामी माघमा संविधान जारी गर्ने गरी कार्यतालिका तयार पारिएको हो । सचिवालयले तयार पारेको कार्यतालिकामा आगामी बैशाख...
हेटौँडा, २० चैत – हेटौँडा हुँदै काठमाडौँ छिर्ने छोटो दूरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी सडक आजदेखि एक महिनासम्मका लागि बन्द भएको छ । सडक मर्मतका लागि भन्दै बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि बाटो बन्द गरिएको हो । सडक मर्मत अवधिभर सवारी साधन आवतजावत बन्द...
काठमाण्डु, २० चैत – सरकारले शरणार्थीको मानवअधिकार रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको बताउँदै त्यसप्रति सधैँ संवेदनशील एवम् सजग रहेको स्पष्ट पारेको छ । नेपालमा आश्रय लिइरहेका तिब्बती शरणार्थीका बारेमा केन्द्रित रहेर अमेरिकाको न्युयोर्कस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठन ह्युमन राइटस् वाच नामक संस्थाले यसै साता यहाँ...
काठमाण्डु, २० चैत – संघीयतामा जाँदा मुलुकको परम्परागत शिक्षा संरचना र प्रणालीमा परिवर्तन हुनुपर्नेमा विज्ञ र सरोकारवालाले जोड दिएका छन् । एन्टेना फाउन्डेसनद्वारा विहीबार राजधानीमा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरूले संघीयताको खाका स्पष्ट भइनसके पनि शिक्षाको परम्परागत संरचना र प्रणालीलाई विकेन्द्रित तथा परिवर्तित गर्नुपर्ने...