राजनीतिक समितिको नेतृत्वमा एमाओवादीको दावी

काठमाण्डु टुडे २०७० चैत २० गते १२:३२ मा प्रकाशित

maoist flagकाठमाण्डु, २० चैत – एकीकृत माओवादीले उच्च स्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेको छ ।

काँग्रेस-एमालेले नेतृत्व एमाओवादीलाई दिन नसकिने बताइरहेका बेला एमाअाेवादीले अाफ्नो दावी पुन: प्रस्तुत गरेको हो ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षत्कारमा एमाओवादी नेता देवेन्द्र पौडेलले बाहिरी सन्तुलन मिलाउन भएपनि एकीकृत माओवादीलाई समितिको नेतृत्व दिनुपर्ने बताए ।

पौडेलले भने, ‘उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र संविधानसभा अन्तर्गत रहेको राजनीति संवाद तथा सहमति समितिको नेतृत्व नेता डा. बाबुराम भट्टराईले पाउनु पर्छ ।’ सो विषयमा आफूहरुले तीन दलको बैठकमा नै प्रस्ताव राखिसकेको उनको भनाइ छ ।

संविधानसभामा हैसियतको कुरा गरे संविधान नै नबन्ने उनको चेतावनी छ । साथै पौडेलले स्थानीय निकायको चुनाव अहिलेको आवश्यकता नभएको भन्दै संघीयतालाई ओझेलमा पार्न चुनावको कुरा उठाएको आरोप लगाए ।

कार्यक्रममा काँग्रेस नेता प्रकाशसरण महतले राजनीतिक समितिको नेतृत्व एकीकृत माओवादीलाई दिनै नसकिने बताए । ठूलो पार्टीले समितिको नेतृत्व गर्ने प्रचलन रहेको भन्दै उनले काँग्रेस आफैंले नेतृत् वगर्न दावी गरे । संविधान बन्न दिन्न भन्नु लज्जास्पद भएको उनको भनाइ छ ।

साथै महतले सरकारको कामको समीक्षा गर्ने बेला नभइसकेको बताएका छन् । कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कुनै पार्टीलाई एकलौटी दिन नसकिने बताए ।

उनले विगतको नजिर पेश गर्दै समितिको नेतृत्व आलोपालो गरिनु पर्नेमा जोड दिए । समान भुमिकाका लागि पनि आलोपालो प्रणली उत्तम हुने उनको तर्क छ ।

साथै पोखरेलले सरकारको कामकारबाही प्रति अशन्तुष्टि जनाएका छन् । सरकारले कुनै पनि गतिलो काम गर्न नसकेको भन्दै उनले सुस्तता तोड्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

प्रधानमन्त्रीले सरकार एकलौटी ढङ्गबाट चलाउन खोजेको भन्दै नेता पोखरेल यही गतिमा अगाडि बढे भविश्यमा संकट आउने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us