माघमा नयाँ संविधान जारी गर्ने सचिवालयको कार्यतालिका

काठमाण्डु टुडे २०७० चैत २० गते ८:४२ मा प्रकाशित

Biccकाठमाण्डु, २० चैत – संविधानसभा सचिवालयले आगामी माघमा नयाँ संविधान जारी गर्ने गरी कार्यतालिका तयार पारेको छ ।

कात्तिक महिना भित्र संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने र आगामी माघमा संविधान जारी गर्ने गरी कार्यतालिका तयार पारिएको हो ।

सचिवालयले तयार पारेको कार्यतालिकामा आगामी बैशाख १५ गतेभित्र विषयगत समितिका सभापति छानिसक्ने उल्लेख छ ।

सो कार्यतालिका विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश भएको छ ।

कार्यतालिका शुक्रबार बस्ने संविधान सभाको बैठकबाट अनुमोदन गराउने तयारी भइरहेको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us