भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाहीको माग

काठमाण्डु टुडे २०७० चैत २० गते ९:०१ मा प्रकाशित

काठमाण्डु, २० चैत – विगत लामो समयदेखि पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न माग सरोकारवालाहरुले माग गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय सुधार अभियानले विहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद्, विभिन्न राजनीतिकका दलका नेता तथा सभासद्ले विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार, अनियमितता र अनैतिक क्रियाकलाप गर्ने जो कोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

अभियानका संयोजक महेश रेग्मीले विश्वविद्यालय ‘कार्यकारी परिषद्’का पदाधिकारीहरुको बीचमा कुनै सहकार्य हुन नसक्दा लामो समयदेखि विश्वविद्यालयको दैनिकीमा नै नकारात्मक प्रभाव परेको बताए ।

सभासद् चन्द्र गुरुङले विश्वविद्यालयमा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।

अभियानले प्रधानमन्त्री सुशील कोइराला, शिक्षामन्त्री चित्रलेखा यादव र सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई भेटेर आफ्नो समस्या राखिसकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us