काठमाण्डु, २१ चैत – बारुदी सुरुङ व्यवस्थापनमा उल्लेखनीय योगदान दिए वापत शान्ति तथा पुनर्निर्माण मन्त्रालयले नेपाली सेनालाई कदरपत्रबाट सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपाली सेनाका इञ्जिनियरिङ निर्देशनालयका प्रमुख सहायक रथी विजेन्द्र गौतमलाई शुक्रबार आयोजित एक कार्यक्रममा सो कदरपत्र...
काठमाण्डु, २१ चैत – चर्चित अमेरिकी पत्रिका ‘दि वासिंगटन पोष्ट’ले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई विश्वकै गरीब नेताको रुपमा चित्रित गरेको छ । उरुग्वेका राष्ट्र जोसे मुजिकासँग तुलना गर्दै पत्रिकाले नेपालका प्रधानमन्त्री विश्वकै गरीब प्रधानमन्त्री हुनसक्ने लेखेको हो । प्रधानमन्त्री कोइरालाले केही दिन अघि सार्वजनिक...
काठमाण्डु, २१ चैत – प्रधानमन्त्री सुशील कोइरालाले मुलुक निर्माणको महायज्ञमा इञ्जिनियरहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । डिप्लोमा इञ्जिनियर्स एसोसिएसन, नेपाल (डिन) को १२ औँ राष्ट्रिय सम्मेलनको राजधानीमा उद्घाटन गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् । ‘राष्ट्र निर्माणमा तपाईहरुको ठूलो जिम्मेवारी र भूमिका छ,...
काठमाण्डु, २१ चैत – प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समितिले आगामी सोमबार सुनुवाइ गर्ने भएको छ । संवैधानिक परिषद्को हालैको बैठकले कायम मुकायम प्रधानन्यायाधीस दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्ने निर्णय गरेको थियो । समितिको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि मात्र अन्तरिम आन्तरिक...
बर्दिवास, २१ चैत । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रका १२ गाविसमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुख्य स्रोत इनार र चापाकल धमाधम सुक्न थालेपछि जिल्लाको उत्तरवत्र्ती क्षेत्रका १२ गाविस बस्तीमा खानेपानीको हाहाकार भएको हो । विगतमा वैशाख–जेठ महिनामा इनार तथा कल सुक्ने गरेपनि यसपालि...
कञ्चनपुर, २१ चैत – भारतीय सीमा सुरक्षा बल (एसएसबी) को धम्कीका कारण कञ्चनपुरको त्रिभुवनबस्ती– ३ मा निर्माण हुँदै गरेको बालजागृति प्राथमिक विद्यालय भवनको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । निर्माण हुन लागेको विद्यालय भवन सीमा क्षेत्रमा पर्ने भन्दै विहीबार भवन निर्माण स्थलमा पुगेका...
काठमाण्डु, २१ चैत – नेकपा मालेले सरकारमा सहभागि हुने आफ्ना मन्त्रीको नाम प्रधानमन्त्री सुशील कोइराला समक्ष बुझाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मालेका महासचिव सिपी मैनालीले मन्त्रीको नाम बुझाएका हुन् । मालेले मन्त्रीका लागि महासचिव मैनालीकी श्रमति निलम केसीको नाम पठाएको छ...
काठमाण्डु, २१ चैत –अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन शुक्रबार देखि काठमाण्डुमा सुरु भएको छ । सम्मेलनको त्रिभुवन विश्व विद्यालय प्रांगणमा आयोजित विशेष समारोहका बीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलुन उडाएर उद्घाटन गरे । २५ गतेसम्म चल्ने सम्मेलनमा १२ सय प्रतिनिधिले...
काठमाण्डु, २० चैत– प्रशासनिक संरचनालाई चुस्त बनाउन विद्यमान मन्त्रालयको सङ्ख्या घटाई १८ मा कायम गर्नुपर्ने निष्कर्षसहित प्रशासन सुधार सुझाव समितिले बिहीबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालासमक्ष पेस गरेको छ । असन्तुलित कार्यविभाजन र कामको दोहोरोपना तथा सामञ्जस्यताको बेमेलको अन्त्यका लागि विद्यमान २६ सङ्ख्यामा रहेको...
काठमाण्डु, २० चैत– उपप्रधान तथा गृहमन्त्री बामदेव गैतमले केन्द्रीय दैवीप्रकोप उद्धार समिति अध्यक्षका हैसियतमा बोलाएको बैठकमा काँग्रेसका तर्फबाट समितिमा रहेका मन्त्रीहरु अनुपस्थित भएका छन् । गृहमन्त्री भएपछि गौतमले पहिलोपटक बिहीबार समितिको बैठक डाकेका थिए । मुलुकका विभिन्न स्थानमा आगालागीका कारण धनजनको क्षति भएको विषयमा...
दाङ, २० चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र एकीकृत माओवादी नेता बाबुराम भट्टराई जेल नजाने बताएका छन् । प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाटमा देउवाले वैद्य र भट्टराईलाई सरकारले पक्रनुपर्ने कारण नरहेको बताए । सशस्त्र द्वन्द्वका घटनामा...
काठमाण्डु, २० चैत – प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि फ्रान्सका राजदूत मार्टिन वासिरियुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल र फ्रान्सबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।...