
काठमाण्डु, २१ चैत – चर्चित अमेरिकी पत्रिका ‘दि वासिंगटन पोष्ट’ले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई विश्वकै गरीब नेताको रुपमा चित्रित गरेको छ ।
उरुग्वेका राष्ट्र जोसे मुजिकासँग तुलना गर्दै पत्रिकाले नेपालका प्रधानमन्त्री विश्वकै गरीब प्रधानमन्त्री हुनसक्ने लेखेको हो ।
प्रधानमन्त्री कोइरालाले केही दिन अघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरेको ३ वटा मोवाईलको प्रसङ्ग उल्लेख गर्दै समाचारमा तिमध्ये २ वटाले काम नै नगर्ने लेखिएको छ ।
यसअघि बिबिसिले उरुग्वेका राष्ट्रपति जोसेलाई संसारकै गरीब नेताको उपमा दिएको थियो । उनको सामान्य र मितव्ययी जीवनशैलीको संसारभर चर्चा हुने गरेको छ ।
यस्तो छ वासिंटन पोष्टको समाचार