अखिल क्रान्तिकारीको १९औं सम्मलेन सुरु

काठमाण्डु टुडे २०७० चैत २१ गते ३:०० मा प्रकाशित

annisuकाठमाण्डु, २१ चैत –अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन शुक्रबार देखि काठमाण्डुमा सुरु भएको छ ।

सम्मेलनको त्रिभुवन विश्व विद्यालय प्रांगणमा आयोजित विशेष समारोहका बीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलुन उडाएर उद्घाटन गरे ।

२५ गतेसम्म चल्ने सम्मेलनमा १२ सय प्रतिनिधिले भाग लिने अखिल क्रान्तिकारीले जनाएको छ ।

१ सय ५१ सदस्यीय कार्यसमिति मध्ये सम्मेलनले १ सय ३७ सदस्य निर्वाचित गर्ने छ भने बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष रमेश मल्ल, जागृत रायमाझी र विन्दमान विष्टको चर्चा छ भने महासचिवमा नरेन्द्र न्यौपाने, अनिल शर्मा, रञ्जित तामाङ्ग लगायतको चर्चा छ ।

सम्मेलनको नारा, शैक्षिक माफियाकरणको अन्त्य, सार्वजनिक शिक्षाको रुपान्तरण रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us