मालेले बुझायो मन्त्रीको नाम

काठमाण्डु टुडे २०७० चैत २१ गते ३:३८ मा प्रकाशित

काठमाण्डु, २१ चैत – नेकपा मालेले सरकारमा सहभागि हुने आफ्ना मन्त्रीको नाम प्रधानमन्त्री सुशील कोइराला समक्ष बुझाएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मालेका महासचिव सिपी मैनालीले मन्त्रीको नाम बुझाएका हुन् ।
मालेले मन्त्रीका लागि महासचिव मैनालीकी श्रमति निलम केसीको नाम पठाएको छ ।

राप्रपाले पनि आफ्ना तर्फबाट मन्त्री बन्नेहरुको लिष्ट तयार पारेको पारे को छ । राप्रपाले पनि मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने भएको छ । बालुवाटार स्रोतका अनुसार आजै दिउसो मन्त्रिपरिषद बिस्तार हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us