वैद्य र भट्टराई जेल जानुपर्दैन: देउवा

काठमाण्डु टुडे २०७० चैत २० गते १३:५७ मा प्रकाशित

दाङ, २० चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र एकीकृत माओवादी नेता बाबुराम  sher_Bahadur_Deubaभट्टराई जेल नजाने बताएका छन् ।
प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाटमा देउवाले वैद्य र भट्टराईलाई सरकारले पक्रनुपर्ने कारण नरहेको बताए ।

सशस्त्र द्वन्द्वका घटनामा आफ्ना नेता कार्यकर्ता पक्रने क्रम नरोकेको भन्दै वैद्य र भट्टराईले केही दिनअघि सोझा कार्यकर्तालाई नभई हैसियत भए आफूहरुलाई पक्रेर जेल हाल्न चेतावनी दिएका थिए ।

‘वैद्य र भट्टराईजीले दिएको चेतावनीको कुनै तुक छैन’, देउवाले भने, ‘उहाँहरुलाई पक्रनुपर्ने कारण नै छैन ।’ उनले जेल बस्न मन भए स्वेच्छाले जान वैद्य र भट्टराईलाई सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us