समाचार

स्थानीय निर्वाचन भन्दा संविधानको महत्व छ : उपाध्यक्ष घर्ती

२०७० चैत १९ गते १०:४२

प्युठान, १९ चैत – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले अहिले स्थानीय निकायको चुनावभन्दा लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने प्रमुख कार्य रहेको बताएकी छन् । क्रान्तिकारी पत्रकार संघले बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आज बोल्दै उहाँले संविधानसभाको पहिलो प्राथमिकता संविधान निर्माणको काम भएकाले त्यसपछि मात्र स्थानीय...

आगलागीबाट बालिकाको मृत्यु

२०७० चैत १९ गते १०:३८

प्युठान, १९ चैत – प्युठानमा बुधबार आगलागी हुँदा पाँच वर्षिया एक बालिकाको ज्यान गएको छ । नयाँ गाउँ–३ निवासी प्रेमबहादुर थापाको घरमा आगलागी हुँदा घरभित्र खेलिरहेको अवस्थामा थापाका पाँच वर्षीय छोरी दीपिकाको ज्यान गएको हो । घरगोठमा भएको आगलागीबाट पाँच बाख्रा र भैंसीको एक...

ज्ञानुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

२०७० चैत १९ गते ९:२८

काठमाण्डु, १९ चैत– एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पुत्री स्वर्गीय ज्ञानु दाहाल केसीको स्मृतिमा बुधबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । केसीको निधन भएको सातौं दिनका दिन माओवादी केन्द्रीय कार्यालयले लाजिम्पाटस्थित प्रचण्ड निवासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा श्रद्धाञ्जली दिन प्रधानमन्त्री...

महिला बेच्न खोज्ने भारतीय नागरिक पक्राउ

२०७० चैत १९ गते ८:३४

राजविराज, १९ चैत – बाइस वर्षीया महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा भारतिय नागरिक २८ वर्षीय रामकृष्ण मेहताविरुद्ध प्रहरीले बुधबार मानव बेचबिखन मुद्दा दर्ता गरेको छ । भारतको बिहार सुपौल भगवानपुर–९ घर भई सप्तरीको बमनगामा कट्टि गाविस–८ मन्सापुरमा रक्सी, मासु पसल सञ्चालन गरी बस्ने मेहता...

नेपाल–मलेसिया श्रम वार्ता सुरु

२०७० चैत १९ गते ७:२७

काठमाण्डु, १९ चैत – नेपाली श्रमिकलाई मलेसियामा सरलरुपमा बढी संख्यामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा नेपाल र सो मुलुकका उच्च अधिकारीबीचको वार्ता श्रम तथा रोजगार मन्त्रालयमा सुरु भएको छ । मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद हमिदी नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल...

माधव नेपाल भन्छन्, ‘प्रधानमन्त्रीले खुट्टा कमाए’

२०७० चैत १९ गते ७:०९

काठमाण्डु, १९ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले खुट्टा कमाएकाले स्थानीय निकायको निर्वाचनका विषयमा आशंका उब्जिएको बताए छन् । प्रेस चौतारी धादिङले बुधबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावको मिति घोषणामा ढिला गर्न नहुने बताए । ‘प्रधानमन्त्रीले अरु पार्टीले...

प्रधानमन्त्री कोइराला भेटघाटमा व्यस्त

२०७० चैत १९ गते ५:०९

काठमाण्डु, १९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले सरकारमा छिटो सहभागिताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई आग्रह गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभामा सहभागी र बाहिर रहेका दलहरू बीचको सहमति, सहकार्य र एकतामा सरकार अगाडि बढ्ने बताए...

अखिल क्रान्तिकारीको नेतृत्वमा क–कसको होडबाजी ?

२०७० चैत १९ गते ४:३०

काठमाण्डु, १९ चैत– १९ औँ राष्ट्रिय सम्मेलन आउन केही दिन मात्र बाँकी छँदा एकीकृत माओवादीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि आकांक्षीहरुको दौडधुप तीव्र भएको छ । भावी अध्यक्षका लागि उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्ल तथा महासचिव विन्दमान विष्टले आफ्नो दावेदारी प्रस्तुत गरेका...

डढेलोले सय हेक्टर वन सखाप

२०७० चैत १९ गते ४:१८

दाङ, १९ चैत – गर्मीयामसँगै जिल्लाका वनमा डढेलो लाग्न सुरु भएको छ । झन्डै एक हप्तादेखि सामुदायिक र राष्ट्रिय वन गरेर झन्डै १०० हेक्टर वन नष्ट भएको छ । देउखुरीको सिसहनिया–७ को देवकी सामुदायिक वनमा यसैसाता लागेको डढेलोबाट दुई हेक्टर क्षेत्रफल वन नष्ट भएको...

एकीकरणलाई अन्तिरुप मधेशकेन्द्रीत दलको बैठक बस्दै

२०७० चैत १९ गते ४:०९

काठमाण्डु, १९ चैत – एकीकरणलाई अन्तिमरुप दिन तीन मधेश केन्द्रीत दलको बैठक आज बस्दैछ । संविधानसभामा पराजित भएपछि महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादब नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावनापार्टीबीच एकीकरणका लागि प्रयास भैरहेको छ...

सभासद्को पच्चीस प्रतिशत पारिश्रमिक गरिब, विपन्नको पढाइमा

२०७० चैत १९ गते ३:३३

स्याङ्जा, १९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङले सभासद् भएबापत पाउने पारिश्रमिकको २५ प्रतिशत रकम गरिब तथा विपन्न विद्यार्थीको पढाइमा खर्चिने घोषणा गरेका छन् । नेपाली काँग्रेस चित्रेभञ्ज्याङ गाउँ कार्यसमितिले मङ्गलबार यहाँ आयोजना गरेको गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाइ घोषणा...

भारतीय गुणस्तरहीन तेल नेपालमा बिक्री

२०७० चैत १९ गते २:१०

नवलपरासी, १९ चैत – प्रभावकारी बजार अनुगमन नहुँदा नवलपरासीस्थित विभिन्न बजारमा भारतीय गुणस्तरहीन तेल धमाधम बिक्री भइरहेको छ । अखाद्य पदार्थको प्रयोग गरी पेलिएर बनाइएको विभिन्न भारतीय ब्रान्डका खाने तेलस्थानीय बजारहरुमा व्यापारीहरुले निर्धक्क साथ बेचबिखन गरिरहेका छन् । भारतीय प्रतिबन्धित तेलले स्वास्थ्यमा प्रतिकूल असर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us