ज्ञानुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

काठमाण्डु टुडे २०७० चैत १९ गते ९:२८ मा प्रकाशित

Lajimpatकाठमाण्डु, १९ चैत– एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पुत्री स्वर्गीय ज्ञानु दाहाल केसीको स्मृतिमा बुधबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

केसीको निधन भएको सातौं दिनका दिन माओवादी केन्द्रीय कार्यालयले लाजिम्पाटस्थित प्रचण्ड निवासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, मन्त्रीहरु, विदेशस्थित कुटनीतिक नियोगका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेता पुगेका थिए ।

लामो समयदेखि स्तन क्यानसरबाट पीडित केसीको गत साता निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us