काठमाण्डू, २८ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी सांसदहरूलाई नरम भाषामा धम्क्याएका छन । विनियोजित आर्थिक विधेयकका सन्दर्भमा अनधिकृत रूपमा करका दरहरू हेरफेर गरेको, बजेटअघि नै सूचना चुहाएर व्यवसायीलाई फाइदा पुग्ने काम गरेको आरोप लाग्दै गर्दा अर्थमन्त्री वाग्ले आरोप लगाउने सांसदहरूलाई धम्काएका हुन ।
उनले संसदको रोस्ट्रममा उभिएर भने, ‘२ अर्ब होइन २ रुपैयाँ पनि खाएको प्रमाणित भए म राजनीतिक मात्र होइन, सार्वजनिक जीवनबाटै सन्न्यास लिन्छु । यसो भन्ने नैतिक आँट, नैतिक उचाइ मलाई आरोप लगाउने माननीय सांसदहरूलाई पनि प्राप्त होस् । शुभकामना छ ।’