बजेट समता र सामाजिक न्यायमा केन्द्रित छः अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १७:५५ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन ।

उनले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको समेत बताएका छन । विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भन्ने आरोपलाई उनले खण्डन गरे । उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको समेत बताएका छन ।

उनले समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको समेत बताएका छन । बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको उनले बताएका छन । उनले सरकार पाँच वर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गरिन् ।

सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबीच उच्च स्तरको संगती रहेको समेत बताएका छन ।

उनले भने, ‘मैले बुझेको भाषा अथवा मेरो पाटीले बोकेको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एकठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो, त्यसप्रति अत्यन्तै बफदार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ ।’

उनले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us