आगलागीबाट बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७० चैत १९ गते १०:३८ मा प्रकाशित

प्युठान, १९ चैत – प्युठानमा बुधबार आगलागी हुँदा पाँच वर्षिया एक बालिकाको ज्यान गएको छ ।

नयाँ गाउँ–३ निवासी प्रेमबहादुर थापाको घरमा आगलागी हुँदा घरभित्र खेलिरहेको अवस्थामा थापाका पाँच वर्षीय छोरी दीपिकाको ज्यान गएको हो ।

घरगोठमा भएको आगलागीबाट पाँच बाख्रा र भैंसीको एक पाडोसमेत जलेर मरेको छ । अहिलेपनि आगो निभाउन नसकिएकाले क्षतिको विवरण आएको छैन । घरगोठमा लागीरहेको आगो नियन्त्रणको लागि स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास जारी गरेको छ ।

घरभित्र बच्चाबच्ची खेलिरहेको अवस्थामा आगलागी भएको र के कारणले आगलागी भयो भन्ने थाहा हुनसकेको छैन । घरमा आगलागी भइरहेका बेला मृतक बच्चाका आमा बुबा घरबाहिर आँगनमा काम गरिरहेको स्थानीय यादव पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us