महिला बेच्न खोज्ने भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७० चैत १९ गते ८:३४ मा प्रकाशित

pakrau-arrestराजविराज, १९ चैत – बाइस वर्षीया महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा भारतिय नागरिक २८ वर्षीय रामकृष्ण मेहताविरुद्ध प्रहरीले बुधबार मानव बेचबिखन मुद्दा दर्ता गरेको छ ।

भारतको बिहार सुपौल भगवानपुर–९ घर भई सप्तरीको बमनगामा कट्टि गाविस–८ मन्सापुरमा रक्सी, मासु पसल सञ्चालन गरी बस्ने मेहता विरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरेको सप्तरी प्रहरीले जनाएको छ ।

आरोपितलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।

मकवानपुरको हेटौँडा नपा–२ घर भई सुनसरीको इटहरी नपा–१० बस्ने महिलालाई इटहरी पु¥याइदिने भन्दै झुक्याइ भारततर्फ लैजाँदै गर्दा मेहता पक्राउ परेका थिए ।

इटहरीबाट मेहताकी पत्नीसँग सप्तरी आएकी पीडितलाई मेहताले इटहरी पु¥याइदिने भन्दै बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजान खोज्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक अमात्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us