अखिल क्रान्तिकारीको बन्द सत्र सुरु

काठमाण्डु टुडे २०७० चैत २२ गते ३:०१ मा प्रकाशित

flag of akhil- krantikariकाठमाण्डु, २२ चैत – अखिल क्रान्तिकारी एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिबेशनमा बन्दशत्र सुरु भएको छ ।

त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा चल्ने बन्द सत्रमा अध्यक्ष, महासचिब र कोषाध्यक्षले प्रतिवेदन पेश गर्दैछन् ।

यसैगरी विधान संशोधनको प्रस्ताब पनि पेश हुने केन्द्रिय सदस्य यमनाथ गिरीले जानकारी दिए । नयाँ नेतृत्वकालागि भने अध्यक्ष र महासचिबमा तीन तीन जनाले दावी गरेका छन् ।

तर पार्टी नेतृत्व भने सर्व सम्मति गर्ने पक्षमा रहेपनि विद्यार्थी नेताहरु चुनावकै पक्षमा रहेका छन् । वर्तमान समितिका उपाध्य जागृत रायमाझी, रमेश मल्ल र महासचिव विन्दमान बिष्टले अध्यक्षको दावी गरेका छन् ।

१ सय ५१ सदस्यीय केन्द्रिय समितिको महासचिबमा डिबी तामाङ, अनिल शर्मा र नरेन्द्र न्यौपानेको नाम चर्चामा छ ।
यसैगरी सचिबमा मानुषी यमी भट्टराईले पनि उम्मेदवारी दिने भएकी छन् ।

अध्यक्षका आकांक्षीहरुमा मल्ल र विष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् भने रायमाझी नेता नारायणकाजी श्रेष्ठ नजिकका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us