
काठमाण्डु, २२ चैत – मजदुर किसान महाधिवेशनमा बन्दसत्र सुरु नेपाल मजदुर किसान पार्टीको छैटौ महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र सुरु भएको छ ।
भक्तपुरको बोडेमा रहेको कृषि बिकास बैंकको तालिम केन्द्रमा बन्दसत्र सुरु भएको एक सदस्यले जानाकारी दिएका छन् ।
बन्दसत्रमा अध्यक्ष नारायणमान बिजुक्छेले सम्बोधन गर्ने र जिल्लागत प्रतिवेदन पेश हुने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा ५० जिल्लाका ३ सय ५० प्रतिनिधि सहभागी छन् । सहमतिमा नेतृत्व चयनको प्रयास भैरहेको र सहमति नभए चुनाव हुने बताइएको छ ।
भोलीसम्म चल्ने महाधिवेशनले पार्टीको विधान समेत संशोधन गर्नुको साथै पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।