समितिमा रहने सदस्यको नामावली हेरफेर

काठमाण्डु टुडे २०७० चैत २१ गते १२:०६ मा प्रकाशित

Biccकाठमाण्डु, २१ चैत – संविधानसभाको शुक्रबारको बैठकले संविधानसभाअन्तर्गतका विभिन्न समितिमा रहने सभासद् सदस्यको नामावली हेरफेर र थपघट गरेको छ ।

सभाध्यक्ष सुवास नेम्बाङले नामावली हेरफेर र थपघटको सूची बाचन गरेपछि बैठकले त्यसलाई पारित गरेको हो ।

बैठकमा संविधान निर्माणको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम रहे पनि दलहरूबीच सहमति जुटिनसकेकाले शुक्रबार नै दोस्रो बैठकमा समहति जुटाइ बैठकमा प्रस्तुत गर्ने गरी तयारी भइरहेको छ ।

सहमतिका लागि बैठक केहीबेर स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us