१४ देशमा नयाँ राजदूत चैतभित्र

काठमाण्डु टुडे २०७० चैत २२ गते १:४६ मा प्रकाशित

Foreign Ministry_nepalकाठमाण्डु, २२ चैत – सरकारले एक दर्जनभन्दा बढि देशमा नयाँ राजदूत पठाउने गृहकार्य थालेको छ ।

चैतमसान्तभित्रै राजदूत नियुक्त गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ ।

भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, जेनेभा, क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिलसहित १४ देशस्थित नेपाली दूतावास राजदूतबिहिन छन् । ती देशमा ५० प्रतिशत करियर कूटनीतिज्ञ र ५० प्रतिशत राजनीतिक सिफारिसमा राजदूत नियुक्तिको तयारी भएको हो ।

परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भने परराष्ट्रभित्रैबाट करियर कूटनीतिज्ञ मात्रै भएको भरमा अव राजदूत नियुक्त नगर्ने घोषणा गरिसकेका छन् । मन्त्री पाण्डेले राजदूत हुने लाइनमा रहेका कर्मचारीसँग तपाई किन राजदूत हुने भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएका छन् ।

दौडमा लोगका उम्मेदवारबारे सवै जानकारी लिएपछि मात्र राजदूत नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री सुशील कोइराला रहेको उनका परराष्ट्र मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us