काठमाण्डु, २२ फागुन – उपप्रधान तथा गृहमन्त्र वामदेव गौतमले काडमाण्डुका प्रहरी प्रमुख रमेश खरेल सेलिब्रेटी बन्न खोजेको आरोप लगाएका छन् ।
शनिबार धुलिखेलमा युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले खरेललाई बढी प्रचारमुखी बन्न खोजेको आरोप लगाएका हुन् ।
पक्रिने अनि दुई/तीन दिनमा छाड्ने प्रवृत्ति अपराधीलाई उन्मुक्ति दिने खालको भएको उनको टिप्पणी छ ।
साथै गौतमले आफूलाई अहिलेसम्म भेट्न नआएको भन्दै दुखेसो पोखे, ‘एसएसपी खरेल मसँग भेट गर्न आएको छैन, गौतमले भने, ‘मसँग आएर भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ ।’ आफू गृहमन्त्री हुँदासम्म कसैलाई अन्याय हुन नदिने गौतमको भनाइ छ ।