
म्याग्दी, २३ चैत –म्याग्दीको बिममा भीरमा लागेको डढेलोको आगो खसेर गुडिरहेको डोजरमा आगलागी भएको छ ।
शनिबार बिमको खाराबाट ताकम जानका लागि हिँडेको पश्चिमाञ्चल ग्रामीण कन्स्ट्रक्सन प्रालिको डोजरको डिजेल ट्याङ्कीमा आगो खसेपछि उक्त घटना भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट डोजरको इन्जिन, ट्याङ्क र पम्पलगायतका दर्जनौँ उपकरण जलेर क्षति पुगेको चालक दलबहादुर खत्रीले बताए ।