काठमाण्डु, २४ चैत– हिन्दू धर्माबलम्बीले आज देशभर चैते दसैं पर्व विशेष हर्सोल्लासका साथ मनाउँदैछन् । चैते दसैंका अवसरमा उपत्यकाका गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, संकटा र मैतीदेवीलगायत देशरका शक्ति पिठमा पूजाआराधना गरी बली दिनेको घुइँचो लागेको छ । हरेक वर्ष चैत शुक्ल...
दार्चुला, २४ चैत– अहिलेसम्म खोरेत रोगका कारण दार्चुलामा १ सय ४३ पशुचौपाया मरेको जिल्ला पशुसेवा कार्यालय दार्चुलाले जनाएको छ । खोरेत लागेर सबैभन्दा बढी साना प्रजातिका पशु मरेका सो कार्यालयका वरिष्ठ पशु चिकित्सक वसन्तबहादुर सिंहले बताए । तीन/चार महिनायता दार्चुलामा देखिएको खोरेत रोग अझै...
काठमाण्डु, २४ चैत– क्रान्तिकारी पत्रकार संघले पत्रकार महासंघको अध्यक्षमा ओम शर्मालाई उम्मेदवार बनाउने भएको छ । संघको राजधानीमा आइतबार बसेको कार्यालय बैठकले आफ्नो संगठनले अध्यक्ष पाउने अवस्थामा शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक गोविन्द आचार्यले जानकारी दिए । शर्मा हाल महासंघको महासचिव छन् ।...
काठमाण्डु, २४ चैत– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज पनि बन्द शत्र जारी छ । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा बिहान ८ बजेबा६ जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक तथा महासचिव बिन्दमान विष्टको विधान संशोधन प्रस्तावमाथि...
काठमाण्डु, २३ चैत– संविधानसभा तथा विभिन्न समितिहरुका बैठकमा रिपोर्टिङका लागि सञ्चारकर्मीलाई प्रवेश दिने कि नदिने भन्नेमा सभासदहरुबीच चर्को मतभेद देखिएको छ । अघिल्लो संविधानसभामा भएका सहमति र असहमतिका विषयको अध्ययन तथा अभिलेख तयार पार्न गठित समितिको आइतबारको बैठकमा केही सभासदले सञ्चारकर्मीको भूमिकाका कारण अघिल्लो...
काठमाण्डु, २३ चैत– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ निजी गाडी बेचेर सार्वजनिक गाडीमा यात्रा गर्न थालेका छन् । श्रेष्ठ पछिल्लो एक सातायता व्यक्तिगत सुरक्षाकर्मी र केही सहयोगीका साथ सार्वजनिक सवारी साधनमा यात्रा गर्दै आएका छन् । उनले यसअघि चढ्दै आएको स्कोरपिओ गाडी ऋण तिर्न...
काठमाण्डु, २३ चैत– अघिल्लो संविधानसभाका सहमति र विमतिका विषय छुट्याउन गठित संविधानसभाको अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा कार्यक्षेत्रको विषयलाई लिएर सभासदहरुबीच विवाद भएको छ । सभासदहरुबीच कार्यक्षेत्रबारे विवाद भएपछि समितिको आइतबारको बैठक बिनानिष्कर्ष सकिएको छ । केही सभासदले पहिला सहमति नभएका विषयमा पनि थप...
काठमाण्डु, २३ चैत –चर्चित गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । लामालाई काठमाण्डुबाट शनिबार पक्राउ गरिए पनि प्रहरीले आइतबार मात्र त्यसबारे जानकारी दिएको हो । एसएसपी रमेश खरेल काठमाण्डु प्रहरी प्रमुख भएर आएलगत्तै उनले गुण्डा नाइके पक्रने अभियान थालेका थिए । पक्राउ पर्ने...
काठमाण्डु, २३ चैत– एमाले उपाध्यक्ष एवम् उपप्रधान र गृहमन्त्री बामदेव गौतमले पार्टीको आसन्न नवौं महाधिवेनबाट अध्यक्ष बन्ने चाहना रहेको बताएका छन् । एमालेको युवा किसान संघले राजधानीमा आइतबार गरेको कार्यक्रममा उनले आफू पनि अध्यक्षको दाबेदार रहेको बताए । तर केपी ओलीले चाहना राखेको अवस्थामा...
काठमाण्डु, २३ चैत– नेपाली काँग्रेसले आफ्ना सभापति सुशील कोइराला नेतृत्वको सरकारको कामकारबाहीलाई लिएर टिकाटिप्पणी गर्ने बेला भइनसकेको बताएको छ । कामकारबाही प्रभावकारी नभएको र जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने गरी दैनिक उपभोग्य बस्तुमा मूल्य वृद्धि गरेको भन्दै पार्टीभित्रैबाट सरकारको आलोचना हुन थालेपछि काँग्रेसले यस्तो बताएको...
काठमाण्डु, २३ चैत– काठमाण्डुमा आइतबार करिब २० मिनेटजति नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । तीन बजेको समयमा अवरुद्ध भएको मोबाइल सेवा ३ बजेर २० मिनेटमा खुलेको हो । मोवाइल सेटमा टावर देखिए पनि नम्बर डायल गरेपछि सेवा अवरुद्ध भएको सूचना आएपछि उपभोक्ता...
सोलुखुम्बु , २३ चैत–सोलुखुम्बुको कोसीपारिको गाविस वाकु-७ र ८ का स्थानीय बासिन्दालाई टेलिफोन गर्न एक घण्टा समय खर्चनु पर्दछ । सो गाविसको वडा नं. ७ र ८ मा कुनै मोबाइल वा स्काई टेलिफोनको सेटले काम नगरेपछि त्यहाँका स्थानीय बासिन्दालाई मोबाइलको टावर खोज्दै हिँड्नु परेको...