गुण्डा नाइके लामा रमेश खरेलको फन्दामा

काठमाण्डु टुडे २०७० चैत २३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २३ चैत –चर्चित गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् ।
nagesh lamaलामालाई काठमाण्डुबाट शनिबार पक्राउ गरिए पनि प्रहरीले आइतबार मात्र त्यसबारे जानकारी दिएको हो ।

एसएसपी रमेश खरेल काठमाण्डु प्रहरी प्रमुख भएर आएलगत्तै उनले गुण्डा नाइके पक्रने अभियान थालेका थिए । पक्राउ पर्ने डरमा लामा भूमिगत भएका थिए । उनीमाथि ठेक्कापट्टा कब्जा गर्न गुण्डागर्दी गर्ने गरेको आरोप छ ।

उनलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राखिएको छ । लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us