राजधानीमा २० मिनेटसम्म मोबाइल फोन बन्द

काठमाण्डु टुडे २०७० चैत २३ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २३ चैत– काठमाण्डुमा आइतबार करिब २० मिनेटजति नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।
ntcतीन बजेको समयमा अवरुद्ध भएको मोबाइल सेवा ३ बजेर २० मिनेटमा खुलेको हो । मोवाइल सेटमा टावर देखिए पनि नम्बर डायल गरेपछि सेवा अवरुद्ध भएको सूचना आएपछि उपभोक्ता छक्क परेका थिए ।

सेवा सुचारु भए पनि नेटवर्कमा अझै समस्या छ । टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले मुख्य स्वीचमा समस्या आएका कारण राजधानीका केही क्षेत्रमा सेवा अवरुद्ध भएको बताइन ।

‘स्वीचमा आएको समस्याका कारण केहीबेर मोबाइलमा समस्या आएको हो’, प्रधानले भनिन्, ‘अहिले समस्या छैन, खुलिसक्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us