आज चैते दसैं

काठमाण्डु टुडे २०७० चैत २४ गते ३:४२ मा प्रकाशित

काठमाण्डु, २४ चैत– हिन्दू धर्माबलम्बीले आज देशभर चैते दसैं पर्व विशेष हर्सोल्लासका साथ मनाउँदैछन् ।
चैते दसैंका अवसरमा उपत्यकाका गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, संकटा र मैतीदेवीलगायत देशरका शक्ति पिठमा पूजाआराधना गरी बली दिनेको घुइँचो लागेको छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने यो पर्वमा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । चैते दसैंका अवसरमा बोका, राँगा, हाँस, कुखुरा, भेडा, सुंगुरलगायतको पशुबली चढाउने चलन छ ।

वर्षमा चैत र असोजमा गरी दुई पटक दसैं मनाउने गरिएको छ । पहिला पहिला चैतमा बडादसैं बनाउने गरिएको भए पनि खानपिनका कारण मानिसहरु बिरामी पर्न थालेपछि असोजमा दसैं मनाउन थालिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us