प्रधानन्यायाधीशमा सिफारिस शर्माको सुनुवाई स्थगित

काठमाण्डु टुडे २०७० चैत २४ गते ८:०० मा प्रकाशित

Damodar-Prasad-Sharmaकाठमाण्डु, २४ चैत – प्रधानन्यायाधीशमा सिफारिस गरिएका दामोदर शर्माविरुद्ध संसदीय सुनुवाई समितिमा परेका उजुरी माथिको सुनुवायी २ दिनका लागि स्थगित भएको छ ।

सुनुवाई सोमबार बिहान ८ बजे र त्यसपछि दिउँसो ३ बजे हुने भनिए पनि अन्तिम समयमा आएर चैत २६ गते दिउँसो १ बजेसम्मका लागि सारिएको हो ।

विभिन्न ठाउँमा कुटी बनाउने नाममा आर्थिक अनियमितता गरेको र आफ्ना भतिजा मनोज शर्मालाई नातावादका आधारमा पुनरावेदन अदालतमा न्यायाधीश बनाएको आरोपमा उजुरी परेको छ ।

सचिवालयले शर्माविरुद्ध उजुरीका लागि हिजोसम्मको समय दिएको थियो ।

संवैधानिक परिषद्ले एक साताअघि कायममुकाम प्रधानन्याायधीश शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न एक सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिले परिषद्को सिफारिस अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us