राजनीतिक समितिको बैठक बालुवाटारमा जारी

काठमाण्डु टुडे २०७० चैत २४ गते ८:४९ मा प्रकाशित

Baluwatarकाठमाण्डु, २४ चैत– प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सर्वोच्च अदालतका न्यायाधीशको पदावधि, उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व र संविधानसभा तथा व्यवस्थापिका संसदका समितिको नेतृत्वमा सहमति खोजिने एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।

समितिको नेतृत्वमा एकीकृत माओवादीले आफ्नो दाबीदारी प्रस्तुत गर्दै आएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us