म्याद गुज्रिएका औषधि बजारमा छयाप्छयाप्ती

काठमाण्डु टुडे २०७० चैत २४ गते ४:२१ मा प्रकाशित

गोरखा, २४ चैत– केन्द्रीय औषधि विभागबाट आएको एक टोलीले गोरखा सदरमुकाममा रहेका औषधि पसलहरुमा अनुगमन गरेको छ ।
आइतबार गरिएको अनुगमनमा औषधि पसलमा म्याद सकिएका औषधि फेला परेका हुन् ।

केन्द्रीय औषधि विभागका औषधि व्यवस्थापक मानबहादुर क्षेत्री नेतृत्वको तीन सदस्यीय टोली तथा जिल्ला प्रशासन कार्यालय गोरखाका एक प्रतिनिधिले गोरखा नगरपालिकाका १४ वटा औषधि पसल तथा फर्ममा अनुगमन गरेको हो ।

टोली सदस्य एवम् जिल्ला प्रशासन कार्यालय गोरखाका कर्मचारी रामपुनित महतोले केही औषधि पसलमा मिति सकिएका औषधि फेला परेको बताए ।

उनले ती औषधि बेच्न प्रतिबन्ध लगाइएको र नष्ट गराउन निर्देशन दिइएको जानकारी दिए । विभागबाट निर्देशन आएपछि दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढ्ने महतोले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us