समाचार

सत्य निरुपण आयोग कार्यदलको बैठक बस्दै

२०७० चैत २६ गते ४:३४

काठमाण्डु, २६ चैत – सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धी विधेयक तयार पार्न प्रमुख तीन दलबाट गठित कार्यदलको बैठक आज पनि बस्दैछ । काुनन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा मंगलवार बसेको कार्यदल बैठकमा सहमति हुन नसकेपछि बैठक आज बस्न लागेको हो ।...

पार्टीका शीर्ष नेता नै लागे क्रान्तिकारीमा सहमति जुटाउन

२०७० चैत २६ गते ३:०२

काठमाण्डु, २६ चैत – अनेरास्ववियु क्रान्तिकारीको १९ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज सहमतिको प्रयास हुँदैछ । एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहित अध्यक्ष लगायत पदाधिकारीका आकांक्षीहरुको छलफल हुन लागेको हो । सहमतिका लाग छलफल हुने र सहमति नभए चुनावी प्रकृयामा जाने अध्यक्ष...

५ महिना जागिर खान उमेर सच्याउँदै सर्वोच्चका न्यायाधीश

२०७० चैत २६ गते १:४५

काठमाण्डु, २६ चैत – अवकाश पाउन एक साता बाँकी रहेका सर्वोच्च अदालतका एक अस्थायी न्यायधीशले उमेर सच्याउन न्यायपरिषद्मा निवेदन दिएका छन् । अस्थायी न्यायधीश तर्कराज भट्टले पहिले परिषद्लाई उपलब्ध गराएको रेकर्ड गलत भएको भन्दै सच्याउन माग गरेका छन् । भट्टले यसअघि पुरानै जन्म मितिका...

पार्टीको नाम फेर्दै राप्रपा नेपाल

२०७० चैत २६ गते १:२९

काठमाण्डु, २६ चैत – राप्रपा नेपालले पार्टीको नाम फेर्ने भएको छ । पार्टीको आगामी महाधिवेशनबाट नाम फेर्न गृहकार्य भइरहेको नेताहरुले बताएका छन् । संविधानसभा निर्वाचनपछि चौथो पार्टी बनेको राप्रपा नेपालले अगामी २,३, र ४ जेठमा आफ्नो पहिलो महाधिवेशन गर्दै छ । महाधिवेशनले राप्रपाबाट टुक्रिएको...

ट्रक र माइक्रोबस ठोक्किँदा २४ जना घाइते

२०७० चैत २५ गते १३:१३

चितवन, २५ चैत – चितवनको रामनगर नजिकैको जङ्गलमा मंगलबार भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । काठमाण्डुबाट चितवनतर्फ आइरहेको ना ४ ख ९३९२ नम्बरको ट्रक र काठमाण्डुतर्फ जाँदै गरेको...

संघीयतासहितको संविधान निर्माण हुन्छ : आचार्य

२०७० चैत २५ गते १३:१२

भद्रपुर, २५ चैत – वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संरक्षणका लागि पहिचानसहितको सङ्घीयता भएको संविधान निर्माण गर्न दलहरू प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आठौँ जिल्ला अधिवेशनको मंगलबार बिर्तामोडमा उद्घाटन गर्दै उनले पत्रकारिता क्षेत्रलाई अझ मर्यादित, लोकतान्त्रिक...

‘निक इलेक्ट्रो टेक २०१४’ सम्पन्न

२०७० चैत २५ गते १३:१०

काठमाण्डु, २५ चैत – ‘सुरक्षाको लागि गुणस्तर’ भन्ने मूल नाराका साथ यही चैत २१ गतेदेखि सुरु भएको विद्युतीय सामग्रीहरूको बृहत् प्रदर्शनी ‘निक इलेक्ट्रो टेक २०१४’ मंगलबार सम्पन्न भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको पाँच दिने उक्त प्रदर्शनीको करिब ४० हजारले अवलोकन...

उपप्रधान मन्त्री गौतम धार्मिक कार्यक्रममा

२०७० चैत २५ गते १२:५१

बनेपा, २५ चैत – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम मंगलबार काभ्रेको उग्रतारा गाविस–६ सिनागालमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएका छन् । गौतम समाज काभ्रेले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा उनले धर्म जुनसुकै अवलम्बन गरेको भएपनि मानवले बाँच्न पाउनुपर्ने बताए ।...

वैशाख दोस्रो सातासम्म सबै विद्यालयमा पाठ्यपुस्तक : शिक्षा मन्त्री

२०७० चैत २५ गते १२:४६

चितवन, २५ चैत – शिक्षामन्त्री चित्रलेखा यादवले पाठ्यपुस्तक वितरणका लागि तदारुकताका साथ काम भइरहेकोे बताएकी छिन् । प्रेस युनियन चितवनले मंगलबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वैशाखको दोस्रो साताभित्र देशका सबै विद्यालयका विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पु¥याउने लक्ष्यका साथ मन्त्रालयले तयारी गरिरहेको बताए...

प्रधानमन्त्रीद्वारा जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्विकार

२०७० चैत २५ गते १२:००

काठमाण्डु, २५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्विकारेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले सबै दललाई मिलाएर लैजानु पर्ने बाध्यता भएकाले सरकारको गति सुस्त भएको दावी गरे । पार्टीभित्र र गठबन्धनका दलहरुसँग...

क्रान्तिकारीको नयाँ नेतृत्व बुधबार चयन हुने

२०७० चैत २५ गते ११:३२

काठमाण्डु, २५ चैत – एकीकृत नेकपा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको काठमाण्डुमा जारी १९औं राष्ट्रिय सम्मेलमा नयाँ नेतृत्व चयन प्रक्रिया बुधबार मात्रै सुरु हुने भएको छ । मंगलबार हुने भनिएको निर्वाचन महासचिव विन्दमान विष्टको विधान संसोधन प्रस्तावमाथिको छलफल लम्बिएको र केही विषयमा विवाद देखिएका कारण बुधबारसम्मका...

करेन्ट लागेर एकको मृत्यु

२०७० चैत २५ गते १०:२७

नुवाकोट, २५ चैत – चारघरेका दूध बिक्रेता रामप्रसाद रिमालको करेन्ट लागेर निधन भएको छ । बिहान सदरमुकाममा दूध बेचेर फर्कने क्रममा चारघरे–५ पोखरीथोकका ५० वर्षीय रिमालको विदुर –८ माझीगाउँमा नेपाल विद्युत् प्राधिकरणको खम्बाबाट लत्रिएको अर्थफल्ट (अर्थिङ) तारमा आएको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us